२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

मेयर साहद्वारा विद्यालय बसको उद्घाटन

Logo
प्रकाशित बुधबार, मंसिर १७, २०७७

कैलाश दास
जनकपुरधाम, १७ मंसिर । जनकपुरधाम उपमहा नगरपालिकाका मेयर लाल किशोर साहले एउटा विद्यालय बसको पूजापाठ गरी उद्घाटन गरेका छन् ।

उपमहानगरपालिका वडा नं। २४ बसहिया स्थित गोगल प्रसाद नमूना माध्यमिक विद्यालयका लागि भारतीय राजदूतावासले उपलब्ध गराएको सो बसको मेयर साहले उद्घाटन गरेका हुन ।

मेयर साहकै पहलमा काठमाडौं स्थित भारतीय राजदूतावासले भारतको गणतन्त्र दिवसको अवसरमा विद्यालयलाई सो बस उपलब्ध गराइएको विद्यालयका प्रचार्य महावीर दासले जानकारी गराएका छन् ।

सोही वडाका वडा अध्यक्ष सत्यनारायण साहको अध्यक्षतामा भएको पहिल र दोसर सत्रका सिभिल इन्जिनियरिङ्गका विद्यार्थीहरुलाई स्वागत तथा स्कुले बसको उद्घाटन कार्यक्रममा मेयर साहले धनुषा र महोत्तरीमा पहिला समुदायिक विद्यालय यो हो जसको आफ्नो बस हुनेछ । यो नमूना विद्यालयमा शिक्षण लगायतको कार्य पनि नमूना नै हुने छ आफू विश्वस्त रहेको बताएका छन् ।

उनले भने, ‘शिक्षाबाट नै सामाज भित्र रहेको विकृतिहरुलाई हटाउन सकिन्छ, त्यसैले उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा गुणस्तरीय शिक्षा राखेको हो ।’विद्यालय भित्र शौचालय, साइन्स ल्याब, विद्यालयको जिर्णोद्धार लगायतको कार्यमा उपमहानगरपालिकाले सहयोग गर्ने उनले प्रतिबद्धता समेत जनाएका छन् ।

आफू मेयरमा निर्वाचित हुनु अघि नै भनेका थिए यस पालिकालाई स्मार्ट सिटीको रुपमा विकास गर्ने छौं, सोही लक्ष्य अनुसार कार्य गरिरहेको उनले दावी समेत गरेका छन् ।

कार्यक्रममा सिभिल इन्जिनियरिङ्गका विद्यार्थीहरुलाई कलम, डायरी र गम्छाबाट स्वागत गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य महावीर दासले विद्यालयको अवस्थाको बारेमा प्रकाश पारेका थिए भने, विद्यालय व्यवस्थापनका अध्यक्ष, शिक्षा शाखा इन्चार्ज, राजनीतिक दलका प्रतिनिधिहरु लगायतका व्यक्तिहरु शुभकामना व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

सिरहा । सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर रामलाई नगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले एक समारोहकाबीच ५०/५० किलो चामल, त्रिपाल, भाँडाकुँडा, दाल, तेल, नुनलगायत दैनिक उपभोग्य सामग्री वितरण गर्नुभएको हो । राहत सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले अग्नीपीडितको छानामा जस्तापाता लगाउन नगरपालिकाबाट थप रु २५/२५ हजार नगद […]

सर्लाह । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदी बन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदी बन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा एक सय ६० जना पुरुष र ५० जना महिला गरी दुई सय १० जनाको क्षमता रहेको छ । कारागारमा महिला, […]