०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

इतिहास संरक्षणको लागि सङ्ग्रहालय निर्माण

Logo
प्रकाशित शनिबार, मंसिर २०, २०७७

न्यूजमधेश डेस्क
इलाम ,२० मंसिर । इतिहासको संरक्षण तथा सम्वद्र्धन गर्न इलाम नगरपालिकाले सङ्ग्रहालय निर्माण गरेको छ । नगरपालिकाले सय वर्षभन्दा पुरानो राणाकालीन दरबारलाई अरनिको सङ्ग्रहालय बनाएको हो ।

जिल्ला प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि दरबारमा सङ्ग्रहालय बनाइएको हो । लोप हुने अवस्थामा पुगेका विभिन्न सामग्री, पुराना उपकरण, बाजागाजा, विभिन्न जातिका वेषभूषा र भाडावर्तनलगायतका सामग्री राखिएको छ ।

पुुर्खाले प्रयोग गरेका ढिकी, जाँतो, ठेकी, चर्खा, गरियो, पेचा, कोलजस्ता घरायसी सामग्री र पञ्चेबाजा जस्ता वस्तुलाई सङ्ग्रहालयमा राखिएको छ । जिल्लामा बसोबास गर्ने राई, लिम्बू, शेर्पा, लाप्चा, सुनुवारलगायत विभिन्न जातजातिले प्रयोग गर्ने सांस्कृतिक सामग्री, वेषभूषालाई पनि सङ्ग्रहित गर्ने नगर साहित्य प्रतिष्ठानका सचिव दिवाकर भण्डारीले जानकारी दिनुुभयो ।

उहाँका अनुसार भवनमा २२ वटा कोठा छन् । कोठामा जातीय संस्कृतिका सामग्री राखिएको थियो । लोपोन्मुुख सामग्री ल्याएर राख्ने काम भइरहेको छ । सङ्ग्रलायको प्राङ्गणमा पञ्चेबाजाका मुर्ति राख्ने काम पनि भएको छ । सङ्ग्रहालयमा आउने पर्यटकले नगरपालिकाका पर्यटकीयस्थलको पनि जानकारी पाउनेछन् । तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा इलाममा वडाहाकिम भएर आएका उहाँका ज्वाइँ गजराजसिंह थापाको कार्यकालमा दरबार बनेको बताइएको छ । उनीले १९१९ सालदेखि १९४२ सम्म जिल्लाको प्रशासन सम्हालेका थिए । दरबार १९२० को दशकमा बनेको इतिहासकार बताउँछन् ।

अरनिकोको शालिक अनावरण

कलाकार एवं नेपालका राष्ट्रिय विभूुति अरनिकोको शालिक अनावरण गरिएको छ । इलाम नगरपालिका– ७ मा रहेको अरनिको सङ्ग्रहालयको प्राङ्गणमा निर्माण गरिएको शालिक अनावरण गरिएको हो ।

शालिक अनावरण गर्दै इलाम नगर प्रमुख महेश बस्नेतले इतिहास संरक्षणमा नगरपालिकाले प्राथमिता दिएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जलेश्वर। भंगहा-जनकपुर-जयनगर रेल्वे सेवा भोलि शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएका हुन्। उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]