०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

हुलाकी राजमार्गमा रहेको अतिक्रमित संरचना धमाधम भत्काउदै

Logo
प्रकाशित शनिबार, मंसिर २०, २०७७

न्यूजमधेश डेस्क
सप्तरी,२० मंसिर। तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले हुलाकी सडकको दायाँरबायाँ १५र१५ मिटर भित्र बनाइएका नगर क्षेत्रका भौतिक संरचना डोजर लगाएर भत्काउन शुरु गरेको हो ।

शनिबार राजविराज नगर क्षेत्रको राम मन्दिर, हुलाक कार्यालय, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, सप्तरी जिल्ला अदालतलगायतका कार्यालयको कम्पाउण्ड वाल भत्काइएको छ । उक्त सडक खण्डमा अधिकांश सरकारी कार्यालयनै रहेकाले कम्पाउण्ड वाल भत्काउन कुनै अवरोध सिर्जना नभएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर आशुतोष कर्णले बताए ।

हुलाकी राजमार्ग निर्माणका क्रममा सिरहा रोडमा केही समस्या देखिएपनि त्यसलाई स्थानीय जनप्रतिनिधि, प्रशासन र सम्बन्धित पक्षबीच छलफल र आपसी सहमतिको माध्यमबाट निकास दिने काम भइरहेको उनको भनाई छ । सकभर कसैको घर भत्काउनु नपरोस् भन्ने हाम्रो पनि चाहना हो, इन्जिनियर कर्णले भने– ‘तर कम्पाउण्डवालहरु भने तोकेको सिमाभन्दा बाहिर छ भने त्यो तत्कालै भत्काइन्छ ।’

सप्तरी जिल्लामा कञ्चनपुरदेखि राजविराजसम्म एउटा र राजविराजदेखि बलान विहुलसम्म अर्को खण्ड गरी दुई वटा योजनामा गरी ४६ कि।मि। सडक निर्माण हुने हुलाकी राजमार्ग अन्तर्गत हालसम्म १५ कि।मि। सडकमा पहिलो लेयरको कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको इन्जिनियर कर्णले जानकारी दिए । बाँकी सडकको काम भने युद्धस्तरमा भइरहेको उनको भनाई छ ।

बलानदेखि कञ्चनपुरसम्मको ४६ कि।मि। सडक खण्डमा कुल २२ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म ६ वटा सम्पन्न भइसकेको छ भने बाँकी १६ वटा पुल निर्माणकै क्रममा रहेको उनले जानकारी दिए । दुवै योजना गरी झण्डै २ अर्बमा निर्माण हुने सप्तरी खण्डको निर्माण कार्यको जिम्मा रौता, श्रेष्ठ र दिवा कन्स्ट्रशनले पाएको छ । हुलाकी सडक निर्माणका क्रममा अतिक्रमित संरचना आफै हटाउन स्थानीय प्रशासन र स्थानीय तहले समेत सार्वजनिक सूचना मार्फत सहयोगका लागि सबैसँग अनुरोध गरेको छ । अतिक्रमण हटेलगत्ते सडक सम्याउने, सरसफाई गर्ने र सवारी व्यवस्थापन मिलाएर अस्तव्यस्त आवागमन सहज बनाउने राजविराज नगरपालिकाको तयारी छ ।

२०७८ बैशाखसम्म हुलाकी सडकको सप्तरी खण्डमा काम पुरा गरिसक्ने लक्ष्य रहेपनि कतै अवरोध र कतै कानूनी लडाईको समस्यासँगसँगै कोरोना महामारीले पनि ढिलाई भएको बताउँदै आयोजनाका इन्जिनियर कर्णले २०७८ को शुरुवातमा सम्भव नभएपनि २०७८ को अन्त्यसम्मा भने निर्माण कार्य सम्पन्न गरिसक्ने दाबी गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जिल्लाको समग्र विकासका लागि प्रत्यक्ष प्रभाव पार्ने हुलाकी सडकलाई समयमै सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।राजधानी दैनिकमा एम के माझिले लेखेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]