२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

सीमा नाका खोल्न माग गर्दैै धर्ना

Logo
प्रकाशित शनिबार, मंसिर २०, २०७७

न्यूजमधेश डेस्क
सुनसरी,२० मंसिर । कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना शुरु गरिएको छ ।

नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहले आज सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित भारतसँग जोडिएको नेपाल क्षेत्रमा अनिश्चितकालीन धर्ना शुरु गरेको हो ।

कोभिड–१९ का कारण सङ्क्रमण रोकथान गर्ने नाममा सरकारले भारतसँगको धार्मिक, संस्कृति र राजनीतिक सम्बन्धमा असर पार्ने उद्देश्यले सीमा सिल गरिएको आरोप उक्त समूहको छ ।

सम्वाद समूहका केन्द्रीय संयोजक राजीव झाले गत नौ महिनादेखि नेपाल–भारत नाका वैधानिक रूपमा बन्द हुदा नेपाल–भारतको व्यापार–व्यवसाय मात्र नभएर सामाजिक र सांस्कृतिक सम्बन्धमा असर परेको बताउनुभयो । नेपालको २७ नाकामध्ये २५ नाका भारतसँग जोडिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]