०६ जेठ २०८२, मंगलबार
20-05-2025 , Tue
×

रौतहट घटनाका अर्का प्रतिवादी पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर २२, २०७७

न्यूजमधेश डेस्क
रौतहट,२२ मंसिर । विसं २०६४ को संविधानसभा चुनावलाई लक्ष्य गरी साविक राजपुर फदरहवा गाविस– ४ मा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा आज सोही स्थान निवासी महनाव आलमलाई प्रदेश नं २ को प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

आलमलाई नेपाल–भारत सिमानामा पर्ने बोधिमाई नगरपालिका–७ बाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान थालिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको निर्देशनमा उक्त विष्फोटको घटना लुकाउने उद्देश्यले विस्फोटमा मृत्यु र घाइते भएकालाई ट्र्याक्टरमा राखी इँटाभट्टामा जलाइएको स्वीकार गरेको खुल्न आएकाले महनावलाई पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

आफ्ताव आलमका भाइ महनावविरुद्ध २०६४ चैत २८ गते भएको संविधानसभाको चुनावलाई लक्ष्य गरी चैत २७ गते उक्त स्थानको गोठघरमा प्रतिवादीले विस्फोटक पदार्थ भण्डारण गरी बम बनाउने क्रममा विष्फोट हुँदा नारायणसिंह राजपुतका छोरा त्रिलोकप्रतापसहित १४ जनाको मृत्यु भएको थियो । पूर्वमन्त्री आफ्ताव आलम हाल हिरासतमा हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]