०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

रौतहट घटनाका अर्का प्रतिवादी पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर २२, २०७७

न्यूजमधेश डेस्क
रौतहट,२२ मंसिर । विसं २०६४ को संविधानसभा चुनावलाई लक्ष्य गरी साविक राजपुर फदरहवा गाविस– ४ मा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा आज सोही स्थान निवासी महनाव आलमलाई प्रदेश नं २ को प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

आलमलाई नेपाल–भारत सिमानामा पर्ने बोधिमाई नगरपालिका–७ बाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान थालिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको निर्देशनमा उक्त विष्फोटको घटना लुकाउने उद्देश्यले विस्फोटमा मृत्यु र घाइते भएकालाई ट्र्याक्टरमा राखी इँटाभट्टामा जलाइएको स्वीकार गरेको खुल्न आएकाले महनावलाई पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

आफ्ताव आलमका भाइ महनावविरुद्ध २०६४ चैत २८ गते भएको संविधानसभाको चुनावलाई लक्ष्य गरी चैत २७ गते उक्त स्थानको गोठघरमा प्रतिवादीले विस्फोटक पदार्थ भण्डारण गरी बम बनाउने क्रममा विष्फोट हुँदा नारायणसिंह राजपुतका छोरा त्रिलोकप्रतापसहित १४ जनाको मृत्यु भएको थियो । पूर्वमन्त्री आफ्ताव आलम हाल हिरासतमा हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]