१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

राहतको विवाद : गाउँदेखि जिल्लासम्म

Logo
प्रकाशित सोमबार, मंसिर २२, २०७७

न्यूजमधेश डेक्स
जनकपुरधाम ,२२ मंसिर । ‘राहत’ योशब्द आफैंमा संवेदनशिल छ । किनभने राहत शब्द भनेको कमजोर व्यक्तिलाई दिने र कमजोर व्यक्तिले पाउने कुरा हो । तर, धनुषाको शहीद नगरपालिकामा राहतकै बिषय लिएर हंगामा भएको छ । एक जना एनजिओले राहत बितरण गर्दा विवाद भएको छ । र, विवाद गाउँदेखि सदरमुकामसम्म आएको छ ।

नाम टिपेर पनि राहत नदिएको भन्दै धनुषाको शहीद नगरपालिकाका दलित समुदायका महिलाहरुले आईतबार जिल्ला प्रशासन कार्यालयमा दिनभर धर्ना दिएका छन् ।नगरपालिकाको वडा नम्बर ७ धबौलीबाट आएका झण्डै २ सय दलित महिलाले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् । पटक–पटक वडा कार्यालयदेखि नगरपालिका कार्यालयसम्म जाँदा पनि राहत नदिएको उनीहरुको भनाई छ ।

मान्डबीको सहयोगमा यो वडाका बासिन्दाका लागि राहत बितरण गरिएको छ । एउटा बाल्टिनमा दैनिक उपभभोग्य सामानसहित कपडा समेत राहतको रुपमा बितरण गरिएको छ । रु ११ हजार बराबरको उक्त राहत बितरण गर्दा स्थानीयले धनीलाई मात्रै दिएको बताएका छन् ।

शहीद नगरपालिकाका वडा अध्यक्ष मनोज साहले राहत बितरण गर्न आएको एनजिओले नै आफ्नो मनमानी तरिकाले राहत बितरण गरेको बताए । ‘मैले जुन लिस्ट उपलब्ध गराएको छु, त्यो अनुसार राहत बितरण नगरेरै समस्या भएको छ’ शहीद नगरपालिका वडा नम्बर ७ का अध्यक्ष साहल भने, “मैले जुन घरहरुलाई राहत बितरण गर्न भनेको हुँ, ती परिवारमा बितरण भएको छैन् ।”

यो ठाउँमा मान्डबीद्वारा रेन्एिस कार्यक्रम अन्तर्गत राहत बितरण गरिएको छ । तर यहाँका दलित महिलाहरुले धनीलाई मात्रै राहत दिएको भन्दै प्रदर्शन गर्न सदरमुकाम जिल्लासम्म आईपुगेका हुन् ।

‘धनीलाई दुई पटकसम्म राहत दिइसकियो । हामीलाई एक पटक पनि दिइएको छैन’ शहीद नगरपालिका वडा नम्बर ७ धबौली हेबलदेवी खत्बेले भनिन्, “राहत धनीलाई २ पटकसम्म दिइसकियो, तर हामीलाई दिएनन् । पहिलो पटक नँिदा अर्को पटक दिने आश्वासन दिएको र दोस्रो पटक पनि दिइएन् ।”
घरबाटै नागरिकता नम्बर लेखेर लिएर जाँदा पनि आफूहरुलाई बाहिर पठाइएको भन्दै उनीहरुले यसै कारण जिल्ला प्रशासन कार्यालमयधा धर्ना दिइएको बताए ।

यरबारे मेयरलाई भेटदा आफूहरुलाई कुनै अधिकार छैन् भन्दै फर्काएको उनीहरुले बताएका छन् ।धर्ना दिएपछि उनीहरुले मेर बरबरिया मुर्दावाद भन्दै प्रदर्शन समेत गरेका थिए ।

दिभर धर्ना दिएपछि प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले राहत बितरण गरेको सम्बन्धमा छानबिन गरिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]