१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

यस्तो छ जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन (फोटो फिचर)

Logo
प्रकाशित मंगलबार, मंसिर २३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२२ मंसिर । जनकपुरधाम विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण पूरा भएको छ । दुई पटक ठेक्का लागेपछि झण्डै नौ वर्षमा नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको हो ।

नयाँ टर्मिनल भवनमा धावन मार्ग र पार्किङ्ग स्थल फराकिलो बनाइएको छ भने बारुण यन्त्र र एक्सरे मेसिनको पनि व्यवस्था मिलाइएको विमानस्थल प्रमुख किरण गौतमले बताए ।

उनका अनुसार विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पनाअनुसार नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको छ ।

रु ५० करोडको लागतमा यो नयाँ टर्मिनल भवन निर्माण गरिएको हो ।

यो टर्मिनल भवन बनाउन दुई वटा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गर्नुपरेको छ । पहिला पप्पु कन्ट्रक्सनले ठेक्का लिएपनि काम पूरा गर्न नसकेपछि उसँगको सम्झौता रद्द गरी थेदिंग जालवा उमा कम्पनी जेभी कन्स्ट्रक्सनसँग नयाँ सम्झौता गरिएको थियो ।

नयाँ सम्झौता गरेपछि थेदिंग जालवा कम्पनीले निर्माण पूरा गरेको विमानस्थल प्रमुख गौतमले जानकारी दिए ।

विक्रम सम्वत् २०२४ सालदेखि सन्चालनमा आएको जनकपुर विमानस्थल त्यही बेलाको टर्मिनल भवनबाट सन्चालन हुँदै आएको थियो । जसका कारण जहाज चढ्ने यात्रुलाई बस्न समेत समस्या थियो । अब यात्रुहरुलाई बस्न कुनै समस्या नहुने गौतमले बताए ।

निर्माण सम्पन्न भएको टर्मिनल भवनको आज उदघाटन गरिदैछ । उदघाटन गर्नका लागि संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई जनकपुरधाम पुगिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]