१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

फोटोशुट गरेपछि मोडल र फोटोग्राफर थुनामा(फोटोफिचर)

Logo
प्रकाशित बिहिबार, मंसिर २५, २०७७

इजिप्टमा फोटोशुट गरेकाे कारण एक मोडल र फोटोग्राफर थुनामा बस्नु परेकाे छ । याे घटना केही सयमअघिकाे हाे ।

इजिप्टकाे राजधानी कायरोबाट ३० किलोमिटर टाढा रहेको साकारा नेक्रोपोलिस क्षेत्रमा पिरामिडको पृष्ठभूमिमा फाेटाेशुट गरिएकाे थियाे ।

ती फाेटाेहरू सामाजिक सञ्जालमा भाइरल भएकाे छ । जसका कारण इजिप्टमा सामाजिक बहस समेत भइरहेकाे छ ।

इजिप्टका मिडियाले ती मोडलका तस्वीरलाई ‘उत्तेजक र आपत्तिजनक’ भनेका थिए । कतिपयले ती मोडल र फोटोग्राफरको आलोचना गरेका छन् भने केहीले इजिप्टको प्रशासनको आलोचना गरेका छन् ।

उनीहरुलाई प्रशासनले गत सोमबार पक्राउ गरेको थियो । एक दिन हिरासतमा राखेर उनीहरुलाई मंगलबार छाडिएको त्यहाँका सञ्चारमाध्यमहरूले बताएका छन् । उनीहरुलाई ५ सय इजिप्सियन पाउण्ड धरौटीमा छाडिएको थियाे ।

फोटोग्राफर हौसम मोहम्मदले खिचेका तस्वीरहरुमा मोडल सलमा अल शिमी फरोहजस्ता देखिने परम्परागत गहना र घुँडामाथिसम्मको कपडामा देखिएकी छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]