०६ जेठ २०८२, मंगलबार
20-05-2025 , Tue
×

मुसहर समुदायमा ओढ्नेको अभाव, आगो तापेर रात कटाउछन्

Logo
प्रकाशित शुक्रबार, मंसिर २६, २०७७

न्यूजमधेश डेस्क
वीरगन्ज,२६ मंसिर । पार्टी फुट्को आशंकाले राजधानीको राजनीति गर्माएको छ। वीरगन्ज–३२ परसवा टोलका तुला माझीलाई भने सिरक फाटेको चिन्ताले सताएको छ । बुधबार तराईमा अचानक चिसो बढेंसँगै ७४ वर्ष कटेका माझीलाई कठ्यांग्रिने डरले सताएको हो।

‘सुकुल ओढेर सुत्दै आएका हामीले धेरै वर्ष पहिला सिरक पाएका थियौं,’ उनले भने, ‘अहिले त्यही सिरक धुजाधुजा भएर फाटेको छ।’ डेढ दशकअगाडि प्रकाशित ‘सिंगो गाउँमा एउटा सिरक’ समाचार पढेपछि दाताले करिब सय घर मुसहर र चमार समुदायलाई सिरक र कम्बल उपलब्ध गराएका थिए। तिनै सिरक ओढ्नै नमिल्ने गरी फाटेका छन्।

‘सिरकको तातोमा हामीले धेरै रात काट्यौं,’ माझीले भने, ‘अहिले हाम्रो न्यानो फाँटेको छ।’ गरिबीको चपेटामा रहेका मुसहर समुदाय ओढ्नेको अभावमा आगो तापेर रात कटाउने गरेका छन्। पराल ओछ्याएर सुत्ने उनीहरू चिसो रातमा सुकुल ओढेर रात कटाउनुपर्ने अवस्थामा छन्।

डेढ दशक अवधिमा मुलुकमा धेरै परिवर्तन भए, धेरै कुरा फेरिए। तर भूमिहीन मुसहर समुदायले सिरकसमेत फेर्न सकेका छैनन्। उनीहरूको बस्ने घर केही फेरिएको छ तर त्यसभित्रको गरिबी उस्तै देखिन्छ। सुत्ने कोठामा ओछ्यान हैन, पराल र सुकुलको थुप्रो भेटिन्छ। ‘स्थानीय सरकार पनि आयो तर हामीले केही पनि राहत महसुस गरेका छैनौं,’ स्थानीय सहदेव माझी भन्छन्, ‘केटाकेटी र बुढाबुढीलाई अझै पनि न्यानो कपडाको अभाव छ।’ अरूको मजदुरी गरेर जीविका चलाउदै आएका उनीहरू कमाइ बिहानबेलुकाको छाक टार्दैमा सकिने सुनाउँछन्।

गाउँका बुढापाकालाई हरेक वर्ष अन्य बिमारीको भन्दा पनि जाडोकै चिन्ताले सताउने गर्छ। त्यसैले कोरोनाको कहरमाझ पनि उनीहरूले ओढ्ने कुराको चिन्ताले नै सताउन गरेको छ। ‘यी जाडमे ना मरेम् तो एक साल और जियम ९यो जाडोमा मरिनँ भने अर्को एक वर्ष बाँच्छु०’ भन्ने बुढापाका तराईमा थुप्रै भेटिन्छन्।

तुला र सहदेवजस्तै तराई क्षेत्रका थुपै गरिब समुदायले चिसोको समयमा यस्तै समस्या बेहोर्दै आएका छन्। तराईमा हरेक वर्ष शीतलहरले ज्यान गुमाउनेको संख्या बढ्दैछ। सरकारले सुरुमै न्यानो कपडा वितरण गर्ने तर्फचासो देखाउने गरेको छैन।

विगतमा सर्वोच्च अदालतले समेत जाडोको समय तराईमा चल्ने शीतलहरका कारण ज्यान गुमाउने नागरिकको रक्षाका लागि तत्काल उचित व्यवस्था गर्न सरकारका नाममा निर्देशात्मक आदेश जारी गरेको थियो। तर त्यो अझैसम्म पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]