०६ जेठ २०८२, मंगलबार
20-05-2025 , Tue
×

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह

Logo
प्रकाशित शुक्रबार, मंसिर २६, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,२६ मंसिर । गण्डकी प्रदेशका दुई स्थानीय तहका जनप्रतिनिधि विवाह बन्धनमा बाँधिनु भएको छ । कास्कीको माछापुच्छ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङका उपाध्यक्ष शर्मिला गुरुङका बीच आज वैवाहिक कार्यक्रम सम्पन्न भएको छ ।

सीमित निम्तालुहरुको उपस्थितिमा दुवै जनाबीच पोखरामा बौद्ध परम्परानुसार विवाह कार्यक्रम आयोजना गरिएको थियो । नवविवाहित जोडीलार्ई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, आार्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायतले बधाई तथा वैवाहिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष गुरुङले आफूहरुबीच डेढ दशक अघिदेखि चिनजान रहेको र अहिले पारिवारिक सहमतिमा विवाह बन्धनमा बाँधिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी दुवै जना सामाजिक तथा राजनीतिक क्षेत्रमा डेढ दशक अघिदेखि सँगसँगै थियौँ, अहिले दुवै जनाको मञ्जुरी र पारिवारिक सहमतिमा विवाह गर्ने निधो ग¥यौँ ।”

दुवै तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित हुनुभएको थियो । गाउँपालिकामा निर्वाचित हुनुअघि अध्यक्ष गुरुङ राजनीतिसँगै पर्यटन क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो भने उपाध्यक्ष गुरुङ गैरसरकारी क्षेत्रमा कार्यरत रहनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]