२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

रौतहटका आठवटा क्रसर उद्योग बन्द गर्न निर्देशन

Logo
प्रकाशित शनिबार, मंसिर २७, २०७७

न्यूजमधेश डेस्क
रौतहट ,२७ मंसिर । जिल्लाका विभिन्न स्थानीय तहमा मापदण्ड मिचेर क्रसर उद्योग सञ्चालन गरिँदै आएको अनुगमन समितिले फेला पारेको छ । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नगरी स्थानीय तहको अनुमतिबेगर चल्दै आएका ८ वटा क्रसर उद्योग समितिको प्रतिवेदनपछि जिल्ला प्रशासन कार्यालयले बन्द गर्न निर्देशन दिएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिको बैठकले अवैध क्रसर बन्द गर्ने निर्णय गरेको थियो । बैठकअघि समितिले क्रसरहरूको स्थलगत अनुगमन गरेको थियो । सोही अनुसार वृन्दावन नगरपालिका–८ स्थित श्रीराम जानकी क्रसर उद्योग, फतुवा विजयपुर नगरपालिका–८ को सुमुख क्रसर उद्योग, गरुडा नगरपालिका–५ स्थित शिवशंकर क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘नियमविपरीत निर्बाध रूपमा क्रसरहरू सञ्चालनमा छन् भन्ने सूचना आएपछि हामीले अनुगमन टोली बनायौं,’ उनले भने, ‘दर्ताबिना र स्थानीय तहको अनुमतिबेगर सञ्चालन गरिएको पाइएकाले त्यस्ता क्रसर बन्द गर्न पत्राचार गरिसकेका छौं ।’

प्रजिअ यादवका अनुसार वृन्दावन नगरपालिका–१ मा रहेको संकटमोचन वासिङ उद्योग, शिवम बालुवा वासिङ उद्योग, चन्द्रपुर नगरपालिका–८ मा रहेको आश्रय अस्फाल्ट एन्ड क्रसर उद्योग, गुजरा नगरपालिकास्थित रमन सगरमाथा जेभी र फतुवा–विजयपुरको श्रेष्ठ ढुकुछु मृत सञ्जीवनी जेभी क्रसर उद्योग बन्द गर्ने निर्णय भएको छ ।- कान्तिपुर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]