१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

रौतहट बम काण्ड : पूर्वमन्त्री आलमका भाइ महताबलाई जेल चलान

Logo
प्रकाशित आइतबार, मंसिर २८, २०७७

न्यूजमधेश डेस्क
रौतहट ,२८ मंसिर।रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम आइतबार पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

बम बिस्फोटमा घाइते भएकालाई जिउँदै चिम्नि भट्टामा हालेर मारेको आरोपमा मन्त्री आफताब, उनका भाइ महताब लगायत ११ जना माथि कर्तब्य ज्यान, ज्यानमार्ने उद्योग र बिस्फोटक पदार्थको कसुरमा जन्मकैद सजायको मागसहितको अभियोग पत्र अदालतमा दर्ता भएको थियो ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राजपुरस्थित तत्कालीन मन्त्री शेख इद्रिसको घरगोठमा भएको बम विस्फोटमा परी घाइते त्रिलोकप्रताप सिंह र ओशी अख्तर लगायत घाइतेलाई इँटा भट्टामा जिउँदै जलाएको आरोप लागेका महताबलाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले थुनामा पठाउने आदेश गरेको हो ।

उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी गरी तीनवटा कसूरमा सजाय माग गरिएको थियो । तत्काल प्राप्त प्रमाणका आधारमा महताब बेकसुर हुन भन्ने नदेखिएकोले मुलकी फौजदारी कार्यविधि संहिता दफा ६७ बमोजिम पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको जिल्ला अदालतले जनायो।

अदालतको आदेशपछि महताबलाई आइतबार जिल्ला कारागार गौर चलान गरिएको छ । बम बिस्फोटको घटनाको १२ वर्षपछि २०७६ असोज २६ गते कांग्रेस नेता आफताब पक्राउ परेपछि राजनीति आवरणमा गुमनाम उक्त घटनाको अनुसन्धानले सार्थकता पाएको थियो । उनलाई जिल्ला अदालत गौरले २०७६ कात्तिक २९ गते पुर्पक्षका लागि कारागारको आदेश गरेको थियो । दाजु आफताब पक्राउ परेलगत्तै महताब फरार थिए ।

लामो समयसम्म फरार महताबलाई गएको शनिबार मध्यरातमा भारतको मोतिहारीबाट प्रहरीले पक्राउ गरेको थियो । घटनाको १३ वर्षपछि महताब पक्राउ परेका हुन् । यस घटनाका ६ जना आरोपीहरु अझै फरार छन् । प्रहरीले घटनाको मुख्य योजनाकारमा नेता आफताब र उनका भाइ महताबलाई राखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]