२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

निर्दयी सन्तराम : जसले पिसाब फेरेकै निहुँमा ३ वर्षको छोरालाई कुटिकुटि मारे

Logo
प्रकाशित बिहिबार, पुष ०२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२ पुस।बाबु आमामा लागि सन्तान त्यति प्यारो हुन्छ की सन्तानलाई बचाउन हरदम आफू मर्न पनि तयारी हुन्छन् । तर यहाँ एक बाबु यस्ता निर्दयी देखा परे, जस्ले ओछ्यानमा पिसाब फेरेकै निहुँमा आफ्नो ३ वर्षको छोराको कुटीकुटी हत्या गरे ।

घटना भारत उत्तर प्रदेशको कानपुर जिल्लामा घटेको हो । अनि आफ्नै छोराको हत्या गर्ने सन्काहा बाबु हुन्, सन्तराम प्रजापति ।

यस्तो थियो घटना

सन्तरामको परिवार उत्तर प्रदेशको हमीरपुर जिल्लाको छानी खुर्द गाउँ निवासी हुन् । उनको परिवार मजदुरी गरेर जिविकोपार्जन गर्दै आएको थियो । उनको परिवारमा पत्नी अनिता, अन्जना र खुसी नाममा दुई छोरी र ३ वर्षका छोरा रविन्द्र थिए ।

सन्ताराम केहीदिन पहिले कानपुर जिल्लाको घाटमपुर नजिकैको एक गाउँमा सञ्चालित इँटा भट्टामा काम गर्नका लागि पुगेका थियो । उनको साथमा उनका परिवारका पाचै जना गएका थिए । भट्टानजिकै अस्थायी टहरो बनाएर सन्तारामको परिवार बसेको थियो ।

पत्नी अनिताले प्रहरीसमक्ष बताए अनुसार मंगलबार बिहान सन्तराम सुतिरहेका थिए । उनी सुतिरहेकै ओछ्यानमा छोरा रविन्द्रले पिसाब गरिदिए। छोराले पिसाब गरेपछि सन्तराम ब्यूँझिए । निकै रिसाएका उनले छोरालाई कुट्न थाले । सन्तरामका छोरीहरुले बाबुलाई रोक्न खोजे । छोरालाई कुट्न छाड्नुको सट्टा उनले दुवै छोरीहरुलाई पनि कुटपिट गर । पत्नी अनिताले पतिलाई रोक्न खोजिन् । सन्तराम पत्नीमाथि पनि जाइलागे । उनले छोरा रविन्द्रलाई निरन्तर कुटिरहे भैमा पनि पछारे । जबसम्म छोराको प्राण गएन तबसम्म कुटिरहे।

छोरोका मृत्युपछि सन्तरामले घटना बाहिर नल्याउन भन्दै पत्नी र छोराछोरी सबैलाई चेतावनी दिए । यसबारे कसैलाई भनेमा सबैलाई मारिदिने धम्की पनि दिए । घटना सार्वजनिक हुने डरले उनले त्यस ठाउँ छाड्ने निधो गरे । मृतक छोराको शव झोलामा हालेर पत्नी र दुई छोरीसहित त्यो ठाउँ छाडे । आँखै अगाडि छोराको मृत्यु देखेकी अनिताले त्यो घटना सहन सकिनन् अनि बुधबार साँझ आफ्नो भाइ अजयलाई यसबारे जानकारी दिइन् ।

अजयले यो घटनाको जानकारी प्रहरीलाई दिए । अनि घाटमपुर प्रहरीले बालकको शव बरामद गरी सन्तरामलाई पनि पक्राउ गर्‍यो । उनले प्रहरीसमक्ष आफ्नो कसुर स्वीकार गरिसकेका छन् । हत्याको मुद्दा दर्ता गरी सन्तरामलाई प्रहरी हिरासतमा पठाइएको छ । -एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]