१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

उखु किसानको पिडा : ऋणले बहुलाइसकेँ, समाजमा मुख देखाउनै गाह्रो

Logo
प्रकाशित बिहिबार, पुष ०२, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,२ पुस । गौशालास्थित धर्मशालाको सानो कोठा । कोठाभित्रको एउटै खाटमा आराम गर्दै थिए दिनभरको आन्दोलनले लखतरान उखु किसान । त्यही समूहमा पातलो ब्ल्याङ्केट ओढेर ढल्केका थिए उनी । साथीहरुले आन्दोलनका कुरा गर्दा आफ्नो कान उनीहरुकै नजिक पुर्‍याएर सुन्ने प्रयास गर्थे । दाहिने कान नसुन्ने भएकाले होला उनीसँग बोल्दा साथीहरु अलि ठूलै स्वरमा बोल्थे ।

उनी अर्थात गगनदेव राय । घर रामनगर गाउँपालिका, सर्लाही । उखु किसान आन्दोलनका लागि काठमाडौं आएको तेस्रो दिन गौशालाको धर्मशालामा भेटिए उनी । ७० वर्षीय गगनदेव यसअघि कात्तिकमा उखु किसान संघर्ष समितिसँग काठमाडौं आएका थिए । त्यतिखेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग समितिले किसानका समस्याहरु पोखे । अन्य किसानलाई झैं राष्ट्रपतिसँग भेटेपछि गगनदेवलाई पनि आफ्नो समस्या हल हुने आश थियो । देशकै ठूलो व्यक्तिसँग भेटेपछि त मिल मालिकले पैसा दिइहाल्लान् नि सोचेर घर फर्के उनी । तर वर्षभरि दुस्ख गरेर उब्जाएको उखुको पैसा उनले पाएनन् ।

बाध्य भएर फेरि काठमाडौं फर्केका छन् गगनदेव । चार दिनदेखि माइतिघरमा आन्दोलनरत सबै किसानका झैं उनको पनि एउटै कुरा छ,सरकारले झुटो आश्वासन दियो । पैसा फलानो दिन दिन्छु भनेर बारम्बार सम्झौता मात्रै गर्‍यो । उता घरको ऋण बढेको बढ्यै छ । यसपटक पैसा नलिई खाली हात घर फर्कन्‍नँ । चाहे भोकै मर्न किन नपरोस् ।’

गगनदेवले अन्नपूर्ण चिनी मिलसँग करिब चार लाख रुपैयाँ बक्यौता उठाउन बाँकी छ । ठूलो जहान पाल्न एक बिघा खेत बन्धकी राखेर १० लाख ऋण लिएका छन् उनले । ऋण लिएको १ वर्ष हुन लाग्यो । बैंकको ब्याजसमेत तिर्न सकेका छैनन् । कसरी तिर्ने ब्याज रु मिलले पैसा दिएको भए दिन्थे । मिलले मारमा पार्‍यो हामीलाई, गगनदेवले आफ्नो समस्या पोखे, ‘नातानातिनीलाई कापी कलम माग्छन् कसरी दिउँ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]