२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

टीकापुर घटना : ३ वर्ष कैद भुक्तान गरी छुटेका लक्ष्मण थारुलाई जन्मकैद

Logo
प्रकाशित शुक्रबार, पुष ०३, २०७७

कैलाश जोशी
कैलाली ,३ पुस। उच्च अदालत दिपायलले टीकापुर घटनामा ३ वर्ष जेल सजाय भोगेर रिहा भएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला सुनाइएको छ। उच्च अदालतले बिहीबार अबेर गरेको फैसलामा जिल्ला अदालत कैलालीको फैसला उल्ट्याउँदै थारुलाई जन्मकैदको फैसला सुनाएको हो।

फैसलामा उल्लेख छ, ‘मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं को कसुरमा सो महलको १७ (३) बमोजिम सजाय हुने ठहर्याई भएको सुरु अदालतको फैसला मिलेको नदेखिँदा निजको हकमा केही उल्टी भई निज प्रतिवादीलाई अभियोग माग दाबी बमोजिम ज्यान सम्बन्धी महलको १ नं को कसुरमा सोही महलको १३(४) बमोजिम जन्म कैद हुने ठहर छ।’

साथै निजलाई सोही महलको १५ नं बमोजिम ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद समेत हुने ठहर छ। अभियोग वादी सफाइ पाउँ भन्ने निज पुनर्वेदक प्रतिवादीको पुर्नवेदन जिकिर पुग्न नसक्ने फैसलामा भनिएको छ ।

जिल्ला अदालतले २०७५ साल फागुन २२ गते टीकापुर घटनाको मुद्दामा सुनवाइ गर्दै थारुलाई ३ वर्ष कैद सजाय सुनाएको थियो। उनी पुर्पक्षका लागि कारागार चलान भएदेखि सो मितिसम्म सजाय भुक्तान भइसकेको भन्दै छुटेका थिए।

अदालतको फैसलापछि थारुलाई पुनः पक्राउ गरी कारागार चलान गरिने प्रहरीले जनाएको छ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो। घटनाको अभियोगमा सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरिएको थियो।

रेशम चौधरीसहितका ७ जनाको हकमा उच्च अदालत दिपायलले जिल्ला अदालतकै फैसला सदर गरेको छ। उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको ईजलासले जिल्ला अदालत कैलालीको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनवाइ गर्दै रेशम चौधरी सहितका ७ जनाको हकमा जिल्ला अदालतको जन्म कैदको फैसला सदर गरेको हो।

उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले बिहीबार सो घटना सम्बन्धी मुद्दाको सुनुवाइ गर्दै कैद गर्ने फैसला सुनाएको हो। यो फैसलाले केहीको हकमा जिल्ला अदालत कैलालीको २०७५ फागुन २२ गतेको फैसलालाई सदर गरेको छ। भने केही प्रतिवादीको हकमा उल्टिएको देखिएको छ।

उच्च अदालत दिपायलकी निमिक्त रजिष्टार सीता रेग्मीका अनुसार प्रतिवादी रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरीसमेत ७ जनाको हकमा जनही ५ वर्ष कैद सजाय हुने फैसला गरेको हो।

प्रतिवादी ७ जनाको हकमा भएको फैसलावारे निमिक्त रजिष्टार रेग्मीले भनिन्, ‘मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं। को कसुरमा सोही महलको १३, (३) जन्मकैद हुने र सो महलको १५ नं बमोजिम ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजाय समेत हुने ठहयाई भएको सुरु कैलाली जिल्ला अदालतको मिति २०७५ फागुन २२ गतेको फैसला मिलेकै देखिदा सदर हुने ठहर छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]