२४ पुष २०८२, शुक्रबार
09-01-2026 , Fri
×

रौतहटमा कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित युवक पक्राउ

Logo
प्रकाशित शुक्रबार, पुष ०३, २०७७

न्यूजमधेश सम्बादाता
रौतहट ,३ पुस । कटुवा पेस्तोल र सोमा लागने एक राउण्ड गोली सहित रौतहट बाट एक युवक बिहिवार साझ पक्राउ परेका छन् ।

कटुवा पेस्तोल र गोली सहित पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका वडा नम्बर ४ वस्ने २५ वर्षका दिलिप साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट विशेष सूचनाको अधारमा खटिएको प्रहरी गस्ती टोलीले दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ झाँजपुलस्थित चेकजाँच गर्ने क्रममा साहलाई पेस्तोल र गोलिसहित पक्राउ गरेको हो ।

बीआर ३० एम ४८४१ नम्बरको भारतीय मोटरसाईकलमा सवार साहले कम्मरमा लुकाइ राखेको अवस्थामा अवस्थामा थ्री फिफटि कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

हतियारसहित पक्राउ परेका साहलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]