१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

जनताले मत र विश्वास दिएर पठाएका पार्टीहरु असफल : जनमत पार्टी

Logo
प्रकाशित सोमबार, पुष ०६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,६ पुस।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले जनताले मत र विश्वास दिएर पठाएका पार्टीहरु असफल भइसकेको ठहर गरेको छ ।

जनमतका केन्द्रीय सदस्य अब्दुल खानले आइतबार एक विज्ञप्ति जारी यस्तो बताएका हुन् । ‘नेपालको संघीय सदन कार्यकालभन्दा अगाडि नै विघटन हुनु नितान्त दुःखद घटना हो ।’ विज्ञप्तिमा भनिएको छ ।

विषयमा जनमत पार्टीले संविधानविद्हरूसँग परामर्श लिइराखेको र पार्टीको स्थायी समितिले समेत यस विषयमा छलफल गरिराखेको जनाएका छन् ।

नेता खानले विज्ञप्तिमा भनेका छन्, ‘जनताले मत र विश्वास दिएर पठाएका पार्टीहरू देश, प्रदेश र स्थानीय तहहरू चलाउन पूर्ण रूपमा असफल भएको, भ्रष्टाचारलाई घर–घरमा पु¥याएको, भागबण्डा र आपसी लुछाचुँडको राजनीतिले देशलाई बन्धक बनाएको कुराको परिणामको रूपमा नै संघीय सदन विघटन हुनुपरेको हाम्रो अहिलेको ठहर छ ।’

पटक–पटक परीक्षण भएर असफल भइसकेका भ्रष्ट पार्टी र नेताहरूलाई आगामी निर्वाचनमा परास्त गर्दै जनमत पार्टीलाई भारी बहुमतले जनादेश दिएर जनसम्प्रभुता तथा सामुदायिक स्वराज कायम गर्न जनतासँग अनुरोध गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]