१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

प्रचण्डलाई कारबाही गर्ने हैसियत केपी ओलीसँग छैन : मातृका यादव

Logo
प्रकाशित मंगलबार, पुष ०७, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,७ पुस । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गर्ने हैसियत केपी शर्मा ओलीसँग नभएको नेपाल कम्युनिस्ट पार्टीका नेता मातृकाप्रसाद यादवले बताएका छन् ।

यादवले कारबाहि बहुमतले गर्ने भएका कारण ओलीसंग बहुमत नभएको भन्दै कारबाहि गर्ने हैसियत नभएको उल्लेख गरेका हुन् । “कारबाही बहुमतले गर्ने हो । आत्मसन्तुष्टिका लागि जे गरे पनि हुन्छ ।” यादवले भने

नेता यादवले नेकपा विभाजन नहुने र ओली समूहलाई मन नपरे पार्टी छाडेर जानसक्ने पनि बताए । तर ओली सुर्धिएर आएमा भने पार्टीले स्वीकार गर्ने उनले बताए । यादवले भने, “हामी पार्टी फुटाउदैनौं । बहुमत पक्षले किन पार्टी फुटाउने ।”

पूर्वमन्त्रीसमेत रहेका नेता यादवले ओलीले चालेको कदमको पार्टीले विरोध गर्ने बताए । मान्छे नमरीकन मर्‍यो भन्‍ने नक्कली कागज बनाएर सम्पत्ति हड्पेजस्तै संसद् विघटन गरे पनि संसद् जीवितै रहेको यादवको तर्क छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]

सुनसरी, १८ भदौ। भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । धरान–१३ की राधिका लिम्बू घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी पर्न थालेपछि राति घरमा सुत्न सकिँदैन कतिबेला बाढी आएर बगाउँछ भन्ने […]