२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

प्रचण्डलाई कारबाही गर्ने हैसियत केपी ओलीसँग छैन : मातृका यादव

Logo
प्रकाशित मंगलबार, पुष ०७, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,७ पुस । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गर्ने हैसियत केपी शर्मा ओलीसँग नभएको नेपाल कम्युनिस्ट पार्टीका नेता मातृकाप्रसाद यादवले बताएका छन् ।

यादवले कारबाहि बहुमतले गर्ने भएका कारण ओलीसंग बहुमत नभएको भन्दै कारबाहि गर्ने हैसियत नभएको उल्लेख गरेका हुन् । “कारबाही बहुमतले गर्ने हो । आत्मसन्तुष्टिका लागि जे गरे पनि हुन्छ ।” यादवले भने

नेता यादवले नेकपा विभाजन नहुने र ओली समूहलाई मन नपरे पार्टी छाडेर जानसक्ने पनि बताए । तर ओली सुर्धिएर आएमा भने पार्टीले स्वीकार गर्ने उनले बताए । यादवले भने, “हामी पार्टी फुटाउदैनौं । बहुमत पक्षले किन पार्टी फुटाउने ।”

पूर्वमन्त्रीसमेत रहेका नेता यादवले ओलीले चालेको कदमको पार्टीले विरोध गर्ने बताए । मान्छे नमरीकन मर्‍यो भन्‍ने नक्कली कागज बनाएर सम्पत्ति हड्पेजस्तै संसद् विघटन गरे पनि संसद् जीवितै रहेको यादवको तर्क छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागीपीडितलाई सशस्त्र प्रहरीले राहत सामग्री वितरण गरेको छ । आज विष्णु गाउँपालिका-१, बाराउद्योरणस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा औपचारिक कार्यक्रम गरी राहत सामग्री वितरण गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले आगलागीपीडित ५० परिवारलाई राहत सामग्री प्रदान गरेको हो । वाहिनीपति एवं सशस्त्र […]