२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

थपिए नयाँ मन्त्री

Logo
प्रकाशित शुक्रबार, पुष १०, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,१० पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले खेलकुद मन्त्री जगत विश्वकर्मालाई पदमुक्त गरेका छन् । यस्तै राज्यमन्त्री मोती दुगडलाई हटाएका छन् ।  यसअघि नै नेकपाको प्रचण्ड–नेपाल समूहका ७ मन्त्रीले राजीनामा दिएका थिए ।

सोपछि रिक्त पद तथा अहिले विश्वकर्मासमेतलाई हटाएर प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको निर्णय लिएका हुन् ।

जसअनुसार ओलीले टोपबहादुर रायमाझीलाई उर्जा मन्त्री बनाएका छन् भने मणि थापालाई खानेपानी, प्रभु साहलाई शहरी विकास र प्रेम आलेलाई वन मन्त्री बनाएका छन् ।  त्यस्तै कृष्ण गोपाल श्रेष्ठले शिक्षामन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघि उनी सहरी मन्त्री रहेका थिए ।

त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री हुँदा गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् । यस्तै दावा लामा विश्वकर्माको ठाउँमा युवा तथा खेलकुद मन्त्री भएका छन् ।

यसैगरी यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाललाई पर्यटनमन्त्रीमा सरुवा गरिएको छ भने संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् । यसैगरी जुली कुमारी महतो महिला बालबालिका तथा विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघिका महिला बालबालिका मन्त्री रहेका लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]