२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

प्रचण्ड-माधव यहाँ छन्, उखु किसान कहाँ छन् ?

Logo
प्रकाशित शनिबार, पुष ११, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,११ पुस।शुक्रबार माइतीघरकाे सडकमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनालसहित आधा दर्जनजति पूर्वमन्त्री देखिए । संसद विघटनकाे विराेधमा आयाेजित कार्यक्रममा सबै नेताले छातीमा एउटा कागज टाँसेका थिए । त्यसमा लेखिएकाे थियाे, ‘हामी यहाँ छौँ’ ।

उनीहरूले नारा लगाए, ‘लाेकतन्त्र रक्षा, देश र जनताकाे हितका पक्षमा लड्नुपर्छ, लड्छाैँ ।’ तर, ती नेतालाई सायदै थाहा थियाे, उखुकाे बक्याैदा माग्दै त्यही माइतीघरमा १३ दिनेदेखि आन्दाेलन गरिरहेका किसान आज कहाँ छन्, कुन अवस्थामा छन्, के गर्दैछन् ।

जुँगाकाे लडाइँमा एकैपटक सडकमा निस्किएका तीन पूर्वप्रधानमन्त्री, निवर्तमान मन्त्रीका अघिपछि सयाैंँ कार्यकर्ता पनि थिए । शुक्रबार त्याे भीडले उखु किसानहरूलाई छपक्कै छोप्यो अर्थात् माइतीघरमै आन्दाेलित किसान ओझेलमा परे ।

हामी यहाँ छाैँ भन्दै सडकमा बसेका पूर्वप्रधानमन्त्री र निवर्तमान मन्त्रीहरूकाे भीड निर्वाचन आयोगतिर हानिएपछि माइतीघरमा हलो, जुवा र उखुको लाक्रा बिसाएका उखु किसान बल्ल देखिए ।

शुक्रबार शान्तिपूर्ण आन्दोलनमा उखु किसानका प्रतिनिधि
१३ औँ दिन शुक्रबार शान्तिपूर्ण आन्दोलनमा उखु किसानका प्रतिनिधि

संविधानमा लेखिएका थुप्रै मौलिक हक त जेहेनदार किसानले महसुस गर्न पाएकै छैनन् । वर्षौदेखि ठगिइरहेका किसान पुसकाे जाडाेमा न्यायका लागि संघर्ष गर्न काठमाडाैं आउनु परेकाे छ । ‘यहाँसम्म त आइयो तर जुँगाको लडाइँमा भइरहेको आन्दोलनले हाम्रा आन्दोलनलाई आझेलमा पारिदिने हो कि भन्ने चिन्ता लागेको छ’, किसान हरिश्याम राय यादवले भने ।

आज सडकमा निस्किएकामध्ये कतिपय नेताले किसानकाे मागमा ऐक्यबद्धता जनाएका थिए, तर केवल मुखले । तर, नेताहरू आफ्नो पद र शक्ति संकटमा पर्दा सडकमा उखु किसान नै ओझेलमा पर्ने गरी सडकमा बसे ।

२७ मंसिरमा सर्लाहीबाट उखु मिलले बाँकी रकम नदिएकाे भन्दै निर्णायक आन्दोलन गर्न आएका किसानले कहिले न्याय पाउने हुन पत्ताे छैन । ‘बक्यौता लिएर मात्रै घर फर्कन्छौँ भनेर बसेका छौँ, हाम्रो माग कहिले सुनुवाइ हुने हो थाहा छैन’, किसान हरिश्याम राय यादवले भने ।

सरकारका प्रतिनिधिहरू भुक्तानी हुन्छ फर्कनुस् भनेर बारम्बार आश्वासन दिँदै आएका छन् । तर, गत वर्ष यस्तै आश्वासनमा पर्ने हुँदा १९ दिनको आन्दोलन तुहिएकाे उनीहरूले बिर्सेका छैनन् ।

के थियो सम्झौता

‘गत वर्ष हामीले गरेको आन्दोलनमा सबैको ध्यान पुगेको थियो, सबैले हाम्रो आन्दोलनमा ऐक्यबद्धता जनाइदिएकाले सरकारले हामीसँग सम्झौता गरेर आन्दोलन तोडियाे’, यादव भन्छन्, ‘अहिले राजनीतिक आन्दोलनका कारण हाम्रा कुरा नसुनिएजस्तो लागेको छ तर रकम नउठेसम्म हामी घर फर्कने अवस्था छैन ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]