०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

जनकपुरधाममा संसद विघटनको विरोधमा मशाल जुलुस

Logo
प्रकाशित शनिबार, पुष ११, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ पुस।प्रतिनिधि सभा विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा मशाल जुलुससहित प्रदर्शन गरेको छ।

जनता समाजवादी पार्टीको पूर्वनिर्धारित कार्यक्रम अनुसार नेता कार्यकर्ताहरूले आज मशाल जुलुस प्रदर्शन गरेका हुन।

जनकपुरधामको रेल्वे स्टेसनमा निकालिएको मशाल जुलुसमा नेताहरुले रास्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपि ओलि शर्मा विरुद्ध चर्को नाराबाजी गर्दै भानु चौक,शिव चौकहुदै जनक चौकमा सम्पन्न गरे।

कडा सुरक्षाकाबीच प्रहरीलाई चुनौती दिँदै जसपाका नेता कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्।

संसद विघटन गरी प्रधानमन्त्री ओलीले गैरसंवैधानिक कदम चालेको भन्दै जसपाका नेता कार्यकर्ताहरूले प्रधानमन्त्रीको निरकुंश प्रवृत्तिविरूद्ध सबै लोकतान्त्रिक शक्तिहरू एकजुट भएर प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको बताए।

सो मशाल जुलुसमा जसपाका प्रदेश सांसद प्रमेश्वर साह,जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह,जसपाका जिल्ला अध्यक्ष पशुपति यादवलगाईत जसपाका नेता कार्यकर्ताहरुको सहभागीता रहेका थिए।

जसपाले भोली १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]