१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

मानवअधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समिक्षा कार्यक्रम सम्पन्न

Logo
प्रकाशित सोमबार, पुष १३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ पुस। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाले आइतबार नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को लागि सङ्कलित घटनाको प्रकाशन पुर्व वार्षिक समीक्षा सम्पन्न गरेको छ । इन्सेक प्रदेश २ संयोजक राजु पासवानको अध्यक्षता तथा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रमेश बस्नेतको विशेष आतिथ्यतामा वार्षिक समिक्षा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा इन्सेक धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्रप्रसाद सिंह सन् २०२० मा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा बलात्कारका २९ वटा, बालिका बलात्कार २० वटा, सामुहिक बलात्कार ८ वटा, बलात्कार प्रयासको ३ वटा, गर्भपतनका एक, यौनदुव्र्यवहार ४ वटा, दुव्र्यवहारका ११ वटा, मानवबेचविखन तथा शरिर बन्धकका ३ वटा, हत्याका ८ वटा, हत्या प्रयासका ९ वटा, प्रतिवन्धित विप्लव नेतृत्वमा राजनैतिक कार्यकता गिरफतार ५ वटा, ज्यानमार्ने धम्कीका ३ वटा, बोक्सी आरोपका ४ वटा, एसिड प्रहार २ वटा, बहुविवाहका २ वटा,कुटपिटका ११ वटा, झडप ३वटा, आगजनीका २ वटा र अस्पतालमा गुणस्तरिय सेवा नपाएर उपचार अभावमा ३ जनाको मृत्युलगायतका घटनाहरुको विवरण समावेश गरिएको छ ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले मानवअधिकार उल्लंघनको घटनाप्रति राज्य संवेदनशील भई अध्ययन र अनुसन्धान गर्दै आएको बताए । गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा मिलापत्र गर्ने र गराउने प्रवृत्तिलाई निरुत्साहित गर्न यस्ता प्रकारका घटना भई रहेको भएमा समयमै प्रहरी प्रशासनका खवर गरि सहयोग गर्न सबैमा आग्रह गरे । देशमा राष्ट्रिय मानवअधिकार आयोग गठन हुनुपूर्वदेखि नै इन्सेकले मानवअधिकाकारको सवालमा वकालत गर्दै वर्ष पुस्तकमार्फत घटनाहरुको अभिलेखिकरण गर्दै आएकोमा आफुलाइ गौरवान्वित महसुस भएको र आगामी दिनमा समेत इन्सेकले जिल्ला जिल्लामा मानवअधिकार हनन्का घटनाको अध्ययन र अनुसन्धानलाई सशक्त रुपमा अगाडि बढाई रहन सुझाव समेत दिएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रमेश बस्नेतले जिल्लामा घटेका मानवअधिकार उल्लघंनका घटनाहरुलाइ इन्सेकले आफनो प्रतिनिधीमार्फत अभिलेखीकरण गरिनु सराहनीय काम भएको बताएका छन् । अहिले पनि समाजमा घटि रहेका घटनाहरु गाउँघरमै मिलापत्र गर्ने परिपाटी रहेकाले यस्ता गतिविधिलाई निरुत्साहित गरिनुपर्नेमा जोड दिए । जातिय, वर्गिय विभेदका घटनाहरुलाई इन्सेक प्रतिनिधीले अभिलेखिकरण गर्नुभएको घटनाहरुमा पिडितहरुको भनाई समेत राखिएकाले आफुलाई खुशी लागेको बताए । जिल्ला प्रहरी कार्यालय धनुषाले मानवअधिकार र सम्पूर्ण जनताको मौलिक अधिकारको रक्षा गर्नु हाम्रो दायित्व भएको समेत बताए । राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं २ का अनुसन्धान अधिकृत मनमाया रानामगरले मानवअधिकार उल्लंघनको घटनाप्रति मानवअधिकार आयोग गम्भीर रहेको बताए । प्रहरी र प्रशासनमा उजुरी नपरेका घटनाहरुमा समेत इन्सेकको दृष्टि तथा अनुसन्धान हुने गरेकाले सराहनीय काम भएको बताए । मानवअधिकार उल्लघंनका घटनाहरुको न्युनिकरण र घटना पश्चात्त अध्ययन र अनुसन्धानका लागि आयोगले समेत इन्सेकलाइ सहकार्य गर्दै अगाडी बढने प्रतिवद्र्धता जाहेर गरेका थिए । नेपाल पत्रकार महासंघ धनुषा शाखाका सभापति अनिल मिश्रले समाजमा अहिले समेत जातिय विभेदका घटनाहरु व्याप्त रहेको बताए ।

धनुषाको एक गाउँमा दलितले दलितलाई नै इनारको पानी खान नदिएको घटनाहरु रहेकाले त्यसतर्फ समेत हाम्रो ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएका थिए । मानवअधिकार हनन् र ज्यादतीका घटनाहरुलाई इन्सेकले अध्ययन र अनुसन्धान गरि अभिलेखिकरण गर्दै समिक्षाको लागि जानकारी गराएकोमा धन्यवाद व्यक्त गरे । इन्सेकका प्रदेश नं २ का संयोजक राजु पासवानले राज्य पक्षबाट अहिले मानवअधिकार उल्लंघनका घटनामा कमी आउनु सकारात्मक भएको बताउँदै गैरराज्य पक्षबाट पनि मानवअधिकार उल्लंघन भईरहेको बताएका छन् । प्रदेश २ मा महिला हिंसा, बलात्कार, जातिय विभेद, कथित बोक्सीलगायतका घटनाहरु अझै भई रहेकाले यसतर्फ हामी अधिकारकर्मीहरु सचेत हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्ण, सामाजिक अभियन्ता रामु महरा, निल हिरा समाजका अभियन्ता प्रदिप यादवलगायतले राज्य पक्षबाट मानवअधिकार उल्लंघनको घटनामा कमी आएकोमा खुशी व्यक्त गर्दै गैरराज्य पक्षबाट हुने मानवअधिकार उल्लंघनका घटनामा कडाईका साथ अनुसन्धान गर्न आग्रह समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।महोत्तरीको मटिहानीमा गत बुधबार आगलागीमा परेर घरबार गुमाएका आगलागीपीडितलाई हाम्रो टिम नेपाल, १०० ग्रुप, नेपाली सेना र अन्य व्यक्तिको सहयोगमा दैनिक खाना खुवाइँदै आएको छ। मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोवास रहेको जरलहवागाछी बस्तीमा भीषण आगलागी हुँदा करिब आठ सय व्यक्ति पीडित बनेका छन्। ‘बस्तीमा खाना पकाउने भाँडाहरूसमेत छैनन्, अन्नपात जलेर सबै […]

जनकपुरधाम । गल्फ सेवा समाज संस्थाले १०४ अग्निपिडित परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । मंगलबार महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलका गत बुधबार भएको आगलागीबाट पीडित भएका १ सय ४ जनालाई गल्फ सेवा समाजले १५ किलोको खाद्यान्न सामग्रीको प्याकेज वितरण गरेको हो। गल्फ सेवा समाज संस्थाका संस्थापक मो.जमशेद राईनले  अग्निपिडितहरुको लागि चामल ५ किलो,गहुँको पिठो […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको टिप्पणी गरेका छन् । इलाम २ मा जनमत पार्टीले ११८ मत (०.१७ प्रतिशत मत) र रास्वपाले ७.३ प्रतिशत मत ल्याएको उल्लेख गरेका छन् । डा.राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ […]