२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

ईन्जिनियर जनमत संघ धनुषा गठन

Logo
प्रकाशित सोमबार, पुष १३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन ईन्जिनियर जनमत संघ धनुषा जिल्ला स्तरीय समिती गठन भएको छ।

आज जनकपुरधामको गोपाल धर्मशालामा आयोजित एक कार्यक्रम विच ई बिपिन कुमार मण्डलको नेतृत्वमा ६१ सदस्यीय जिल्ला स्तरीय ईन्जिनियर जनमत संघ गठन भएका हुन।

सो समितिको उपाध्यक्षमा सुबोध कुमार मण्डल ,सचीवमा सुजित कुमार साह,सह-सचीवमा अजय शर्मा र कोषाध्यक्षमा सरोज कुमार यादव रहेको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथि ईन्जिनियर जनमत संघका केन्द्रिय अध्यक्ष ई.नागेन्द्र प्रसाद चौधरी ,विशिष्ट अतिथी ई हरेन्द्र चौधरी रहेको थियो।

जनमत विद्यार्थी संघ मोरङका अध्यक्ष अमित कुमार मण्डल ,विद्यार्थी संघका धनुषा जिल्ला अध्यक्ष बिजय कुमार यादव ,दलित जनमत संघ प्रदेश २ का अध्यक्ष रघुबिर दासलगाईत नेता तथा पार्टीका कार्यकर्ताहरु उपस्थितिसमेत रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]