१९ बैशाख २०८१, बुधबार
01-05-2024 , Wed
×

वन अतिक्रमणका संलग्नलाई तत्काल कारबाई गर्न मुख्यमन्त्री राउतको निर्देशन

Logo
प्रकाशित मंगलबार, पुष १४, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, १४ पुस। मुख्यमन्त्री लालबाबु राउतले बन अतिक्रमणमा संलग्नहरुलाई तत्काल कारबाई गर्न सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आज बर्दीवासमा आयोजना गरेको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठी एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले विभिन्न वाहानामा भई रहेको वनअतिक्रमणलाई तत्काल रोक्न एवं अतिक्रमणमा संलग्नहरुलाई कारबाई गर्न मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिनु भएको हो ।,

सुकुम्वासीको नाऊँमा राजनीति संरक्षण प्राप्त हुकुमवासीहरु वन अतिक्रमण एवं फडानीमा अग्र पक्तिमा रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले वनको रक्षा गर्न जिम्मेवारी पाएका राष्ट्रसेवक कर्मचारी एवं सरकारका जिम्मेवार व्यक्तीहरुलाई किन्तु परन्तु गर्ने ठाँउ नरहेको बताउनु भयो ।

उहाँले भन्नु भयो ,‘ राजनीति संरक्षण प्राप्त भू माफियाहरु वन अतिक्रमण गर्दै आएका छन । त्यस्तालाई अविलम्ब कानूनको परिधीमा ल्याएर हदै सम्मको कारबाई गर्न यसै मञ्च बाट निर्देशन दिन्छु ।’

बर्दीवासमा पछिल्लो समयमा भएको वन फडानीको विषय उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले उक्त घटना बारे अविलम्ब छानविन गर्न वन सचिवलाई निर्देशन दिनु भयो ।

कार्यक्रममा सिरहा र रौतटह जिल्लामा अतिक्रमित वन क्षेत्रलाई पुनः वन मातहतमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका राष्ट्रसेवक कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

पछिल्लो समयमा व्यक्तिको नाउँमा गैसकेको सिरहा चोहर्वाको तीन विग्घा र रौतहटको गुजरा नपमा १२० विग्घा जग्गा पुनः वनको नाउँमा ल्याइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।महोत्तरीको मटिहानीमा गत बुधबार आगलागीमा परेर घरबार गुमाएका आगलागीपीडितलाई हाम्रो टिम नेपाल, १०० ग्रुप, नेपाली सेना र अन्य व्यक्तिको सहयोगमा दैनिक खाना खुवाइँदै आएको छ। मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोवास रहेको जरलहवागाछी बस्तीमा भीषण आगलागी हुँदा करिब आठ सय व्यक्ति पीडित बनेका छन्। ‘बस्तीमा खाना पकाउने भाँडाहरूसमेत छैनन्, अन्नपात जलेर सबै […]

जनकपुरधाम । गल्फ सेवा समाज संस्थाले १०४ अग्निपिडित परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । मंगलबार महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलका गत बुधबार भएको आगलागीबाट पीडित भएका १ सय ४ जनालाई गल्फ सेवा समाजले १५ किलोको खाद्यान्न सामग्रीको प्याकेज वितरण गरेको हो। गल्फ सेवा समाज संस्थाका संस्थापक मो.जमशेद राईनले  अग्निपिडितहरुको लागि चामल ५ किलो,गहुँको पिठो […]

काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल-फित्र (इद)मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । […]