२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

प्रचण्ड र माधवले देशलाई ध्वस्त पार्न लागे : मन्त्री साह

Logo
प्रकाशित बिहिबार, पुष १६, २०७७

न्यूजमधेश डेस्क
रौतहट, १६ पुस । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले देशलाई ध्वस्त पार्न लागेको आरोप लगाउनुभएको छ ।

रतिनिधिसभाको निर्वाचनको तयारीमा लाग्नुको सटा आफनै पार्टीका प्रधानमन्त्रीले गरेको निर्णयलाई अस्वीकार गरी माधव र प्रचण्डले देश र पार्टीलाई ध्वस्त पार्न लागेको मन्त्री साहले बताउनुभएको छ । पद र कुर्सीको लागि आफ्नै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएर नेपाल र प्रचण्डले देशलाई द्धन्द्ध र अस्थिर्ता तर्फ धकेल्ने काम गरेको मन्त्री साहले बताउनुभएको छ । गृह जिल्ला रौतहटको गरुडामा विहिवार आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शहरी विकास मन्त्री साहले निर्वाचनमा जादा पराजित हुने डरले माधव र प्रचण्ड समुहले अहिले आफनै सरकारको विरुद्धमा आन्दोलनमा उत्रेको बताउनुभएको छ ।

निर्वाचनमा जाँदा पराजित हुने डरले माधव प्रचण्ड समुहले अहिले आन्दोलनको नाटक गरेको उहाँले बताउनुभयो । अगामि बैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनलाई कसैले चाहेर पनि रोक्न नसक्ने समेत मन्त्री साहले दावी गर्नुभयो । प्रतिनिधिसभाको निर्वाचन तोकिएको मितिमै हुने र निर्वाचनमा भाग लिन राजनैतिक दलहरुले तयारी हुनुपर्ने समेत उहाँले धारणा राख्नुभयो । नेकपा प्रदेश २ को अध्यक्ष समेत रहेका मन्त्री साहले असार महिनामा अलग प्रयोजनका लागि गरिएको हस्ताक्षरको दुरुपयोग गरी प्रचण्ड९नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याएको आरोप लगाउनुभएको छ ।

नेता साहले देशमा स्थिरता देख्न नसक्ने प्रचण्ड९नेपालले कुर्सीको लालचमा बिनाकुनै कमिटीको निर्णय गरी छलकपट गरेर पार्टी र देशलाई बर्बाद गर्न उद्धत रहेको बताउनुभयो । नेता साहले सगोल कमिटीको नभई प्रचण्ड९माधव समूहले आफ्नो गुटको समेत कुनै बैठक नगरेर प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको बताउनुभयो । यसैविच कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं पुर्व सांसद बबन सिंह नेकपाको ओली समुहमा प्रवेस गर्नुभएको छ । लामो समयदेखी जसपामा रहेका सिंह विहिवार ओली समुहको नेकपामा प्रवेस गर्नुभएको हो । सिंहलाई मन्त्री साहले टिका र माला लगाएर पार्टी प्रवेस गराउनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]