२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

“संकल्प”नगर युवा सन्जालको,शिक्षालय सुधार एक पवित्र अभियान

Logo
प्रकाशित शुक्रबार, पुष १७, २०७७

जीतेन्द्र कुमार राम
जनकपुरधाम,१७ पुस।श्री फकिर चन्द गामी माध्यमिक बिधालय यो क्षेत्रको एसएलसी तहको कक्षा संचालनमा ल्याइएको एक नमुना बिधालयको रुपमा पहिला चिनिन्थियो र चिनिन्छन पनि।तर अचेल यस बिधालयमा बिद्यार्थीहरुको संख्या न्यून हुदा शिक्षकहरु घाम तापेर मात्र फर्किन बाध्य छन।शिक्षक त हुन्छन तर बिधार्थिहरु हुदैनन।

यो बिधालय धनुषाको सवैला नगरपालिका अन्तर्गत वडा नं १२ को बर्कुर्वामा अवस्थित छन।यस क्षेत्रको सवैभन्दा धनी बिधालयको रुपमा पनि यहि बिधालय रहेको छ।बिधालय स्थापना काल पुर्व श्री फकिर चन्द गामिले शिक्षाको स्तर उकास्न लगभग ३० बिघा जमिन यो बिधालयलाइ अनुदानमा दिएको थियो,पछि अन्य जमिनदारहरुले पनि एक दुई बिघा गरि जगा दान गरे ।हाल यो बिधालयको नाउमा लगभग ३३ बिघा जग्गा जमिन छन जसमा पोखरी ,खेत र फुलबारीहरु समेत रहेका छन।

पछि अन्य बिधालयहरुले कक्षा संचालनमा ल्याए।हाल अन्य बिधालयहरुमा रहेका शिक्षकहरु अधिकांश यहि बिधालयबाट एसएलसी अध्ययन गरेका रहेका छन।जसमा बिधार्थिको चाप दिनानुदिन थपिदाको थपिदै छन,कक्षाकोठा थपिदा पनि बिद्यार्थीको चापले कोठा संख्या कमै हुन्छन।तर यस बिधालयमा भने कोठाहरु यतिकै खालिखाली हुन्छन।

हिजो मात्रै यस बिधालयले ६१ औं बार्षिकोत्सव मनाए,नव निर्मित ८ कोठे भनवको उद्घाटन गरे।जति भवन थपिदै छन उति नै बिद्यार्थी न्यून हुँदै गएका छन।कतिपयले बिधालयका प्रधानाध्यापकले बिधालय तोडेको आरोप पनि लगाउछन।भन्छन,यो प्रअ रहेसम्म बिद्यार्थी जुटिदैन।

यस बिधालयले केही बर्ष +2 पनि चलाए,कति बिधार्थीहरु अध्ययन गरेर निस्के तर हाल त्यसमा पनि बिधार्थी हुदैन।कक्षाकोठामा एक कोठामा मात्र ४ देखि ५ बिद्यार्थी हुन्छन।

यसै अन्तर्गत सवैला नगरपालिकाभरिका शिक्षित ,बुद्धिजीवी युवाहरुको समुहको साझा सन्जाल नगर युवा सन्जालले नव बर्षको नव अभियान शुरु गरेका छन।सन्जालले यो बर्ष भित्रै पुनः त्यही साविकको जस्तो बिधालय बनाउने एकजुट भइ संकल्प गरेका छन जस अन्तर्गत यो बर्ष भित्रै सवैले परिवर्तनको झल्को महसुस गर्नेछन।

संकल्प सभामा बर्तमानको युवा तथा भविष्यको युवाहरुको सहभागिता रहेको थियो।कार्यक्रममा सन्जालका अध्यक्ष सुरेश यादवले नया बर्षलाइ बर्ष भरिमै गर्नुपर्ने योजना बनाउन र अग्रसर हुन सुझाव दिएका छन।

कार्यक्रममा सन्जालका सम्पुर्ण समिती अन्तर्गत कोषाध्यक्ष जीतेन्द्र अक्षत,महासचिव मिथिला साह,सचिव ओम नायक,टीम लिडर मनोज पासवान,मुकेश राय ,शिक्षक बिनोद पाल तथा शिक्षण अभियानीहरुले आफ्ना आफ्ना बिचार राखेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट गए राति १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनीको संयुक्त टोलीले उक्त परिणाममा गाँजा बरामद गरेको हो । मङ्गलवार राति सुनसरी जिल्ला बर्जू गाउँपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पत्ताले […]

काठमाडौँ। स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । कुण्डमा आज माताको श्राद्ध तथा उहाँको सम्झनामा तर्पण एवं दान […]

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]