०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

ओलीको समर्थनमा धोती जुलुस

Logo
प्रकाशित शनिबार, पुष २५, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,२५ पुस।प्रधानमन्त्री केपी ओलीको समर्थनमा शनिबार काठमाडौंमा धोती जुलुस निकालिएको छ । ओली समूहको पक्षको युवा संघले शनिबार काठमाडौंमा निकालेको र्‍यालीमा धोती जुलुस निकालिएको हो ।

ओलीले गरेको प्रतिनिधिसभा विघटनका पक्षमा उक्त जुलुसले समर्थन जनाएका थिए । ओली पक्षका नेता महेश बस्नेतलगायत सहभागि जुलुसमा ‘धोती, कुर्ता,गम्छा मधेशीका शान, केपी ओली हमनी सबके जान’ भन्ने नाराका लगाइएको थियो । जुलुसका सहभागीले धोती, कुर्ता र गम्छा पहिरिएका थिए ।

ओलीको पक्षमा स्वस्पुर्त जुलुस निकालिएको नेता महेश बस्नेतले बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले सम्पूर्ण युवाको नेतृत्व गरेको उनले बताए । ओलीको समर्थनमा धोती जुलुसका साथसाथै बाइक र्‍याली पनि गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]