२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

सांस्कृतिक जनमत संघ धनुषा गठन

Logo
प्रकाशित शनिबार, पुष २५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२५ पुस।डा सीके राउत नेतृत्वका जनमत पार्टीको जनवर्गीय संगठन सांस्कृतिक जनमत संघ धनुषा गठन भएको छ।

शनिबार जनकपुरधाम स्थित गोपाल धर्मशालामा आयोजित एक कार्यक्रम विच सांस्कृतिक जनमत संघ धनुषा बिवेक कुमार राउतको नेतृत्वमा ५१ सदस्यीय जिल्ला स्तरीय कार्यसमिति गठन गरिएको छ।

सो कार्यसमितिको उपाध्यक्षमा रंजिता कुमारी साफी ,शंक्कर सहनी ,सचिवमा शिव कुमार साह,सह-सचीवमा सुरेन्द्र बबाली र कोषाध्यक्षमा बिकाउ मण्डल रहेको छ।

त्यसैगरी सदस्यमा चान्दनी दिवाली ,निरज राउत,बिकि मण्डल ,अंजु कुमारी,सुनिल पाल,प्रीती साही,ललित मुखिया,अनवर प्रेमी,गोविन्दा राइ र राकेश मुखियासहित ५१ सदस्यीय कार्यासमिती गठन भाएको हो।

बिरेन्द्र कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा सांस्कृतिक जनमत संघका केन्द्रिय संयोजक आरके राइटर,विशिष्ट अतिथिमा विद्यार्थी जनमत संघका केन्द्रिय संयोजक पोषण यादव,जनमत पार्टी धनुषा ईन्चार्ज अनिता साह,विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष विजय यादवको समेत उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]