०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

सामुदायीक वनमाथि भुमाफियाको नजर सम्वन्धित निकाय मुकदर्शक

Logo
प्रकाशित बिहिबार, माघ ०१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१ माघ।मधेशको मुटु मानिएको चुरे वन माशिने क्रम दिनप्रतिदिन बढदै जानु र खोलाहरु प्रत्यक्षरुपमा उत्खनन भइरहदा पनि सम्वन्धित निकाय मौन देखिएको छ । प्रदेशका आठवटै जिल्लामा वन माशिने क्रम जारी रहेको छ भने नदि नदिको दोहन जारी छ ।

धनुषाको चारनाथ, सिरहा जिल्लाको बनमा मारुती सिमेन्ट उद्योगका संचालक अनुज राठी र मनोज गोयलले अनाधिकृतरुपमा कव्जा ,रौतहट जिल्लाको विजयपुर फतुवा नगरपालिकामा सागरनाथ वन विकास परियोजनाको २ सय हेक्टरजग्गा कव्जा, विपि पुष्पलाल सामुदायीक वन रौतहटको एक सय हेक्टर अतिक्रमण,सलार्ही जिल्लाको बाके खोला र बागमती खोलामा भइरहेका मापदण्ड विपरितको उत्खनन, लखन्देही खोलमा मापदण्ड विपरित भइरहेको उत्खनन,महोत्तरी जिल्लाको रम्तेल डांडाको बनको रुख कटान लगायतका विनाशक्रम प्रत्यक्षरुपमा भइरहदा पनि प्रदेश सरकार मुकदर्शक बनेर बसेको छ ।

चुरे माशिएपछि मधेश मरुभुमी बन्ने खतरालाई मध्यनजर गर्दै चुरे तथा वनजंगल संरक्षण अभियानले विनाशक्रम रोक्नकालागि वर्षौ देखि अभियान नै चलाएको छ । वर्दिवासमा मुख्यमन्त्री लालबाबु राउतको अगाडीमा अभियानले प्रर्दशन गरेपछि छानवीनका लागि यथासिघ्र पहल गर्ने प्रतिवद्धता जनाएपनि अहिले सम्म कुनै पहल भएको देखिएको छैन । यता चुरे तथा वनजंगल सरक्षण लगायतको माग राखी चुरे तथा वन जंगल संरक्षण अभियानले पुनः आन्दोलनको घोषणा गरेको छ ।

यस भन्दा पहिले घोषणा गरिएको पुस ७ गते देखिको चरणवद्ध आन्दोलन मुलुकमा व्याप्त राजनीति खिचातानीका कारण आफनो आवाज समवन्धित पक्षसम्म नपुग्ने भन्दै स्थगीत गरिएको थियो । अभियानले माघ ६ गते प्रदेश २ का मुख्यमन्त्री कार्यालय घेर्ने भएको छ । माघ ६ गते मुख्यमन्त्री कार्यालय अगाडी विरोध प्रर्दशन गर्ने भएको छ भने माघ ८ गते रौतहटको गौर,माघ ९ गते सलार्हीको मलंगवा,माघ ११ गते महोत्तरीको जलेश्वर,माघ १३ गते सिरहामा र माघ १७ गते विरगंजमा विरोध प्रर्दशन गर्ने भएको छ ।

अभियानले महोत्तरी जिल्लाका बनका डेफो हेमनत साहमाथि मुद्दा चलाउन समेत माग गरेको छ । वन प्रमुख साहले महोतरीको रम्तेल डाडा सामुदायीक वनको अनाधिकृतरुपमा तस्कर संग मिलेर ४ सय रुख कटान गरेको समेत आरोप अभियान ले लगाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]