१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

सामुदायीक वनमाथि भुमाफियाको नजर सम्वन्धित निकाय मुकदर्शक

Logo
प्रकाशित बिहिबार, माघ ०१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१ माघ।मधेशको मुटु मानिएको चुरे वन माशिने क्रम दिनप्रतिदिन बढदै जानु र खोलाहरु प्रत्यक्षरुपमा उत्खनन भइरहदा पनि सम्वन्धित निकाय मौन देखिएको छ । प्रदेशका आठवटै जिल्लामा वन माशिने क्रम जारी रहेको छ भने नदि नदिको दोहन जारी छ ।

धनुषाको चारनाथ, सिरहा जिल्लाको बनमा मारुती सिमेन्ट उद्योगका संचालक अनुज राठी र मनोज गोयलले अनाधिकृतरुपमा कव्जा ,रौतहट जिल्लाको विजयपुर फतुवा नगरपालिकामा सागरनाथ वन विकास परियोजनाको २ सय हेक्टरजग्गा कव्जा, विपि पुष्पलाल सामुदायीक वन रौतहटको एक सय हेक्टर अतिक्रमण,सलार्ही जिल्लाको बाके खोला र बागमती खोलामा भइरहेका मापदण्ड विपरितको उत्खनन, लखन्देही खोलमा मापदण्ड विपरित भइरहेको उत्खनन,महोत्तरी जिल्लाको रम्तेल डांडाको बनको रुख कटान लगायतका विनाशक्रम प्रत्यक्षरुपमा भइरहदा पनि प्रदेश सरकार मुकदर्शक बनेर बसेको छ ।

चुरे माशिएपछि मधेश मरुभुमी बन्ने खतरालाई मध्यनजर गर्दै चुरे तथा वनजंगल संरक्षण अभियानले विनाशक्रम रोक्नकालागि वर्षौ देखि अभियान नै चलाएको छ । वर्दिवासमा मुख्यमन्त्री लालबाबु राउतको अगाडीमा अभियानले प्रर्दशन गरेपछि छानवीनका लागि यथासिघ्र पहल गर्ने प्रतिवद्धता जनाएपनि अहिले सम्म कुनै पहल भएको देखिएको छैन । यता चुरे तथा वनजंगल सरक्षण लगायतको माग राखी चुरे तथा वन जंगल संरक्षण अभियानले पुनः आन्दोलनको घोषणा गरेको छ ।

यस भन्दा पहिले घोषणा गरिएको पुस ७ गते देखिको चरणवद्ध आन्दोलन मुलुकमा व्याप्त राजनीति खिचातानीका कारण आफनो आवाज समवन्धित पक्षसम्म नपुग्ने भन्दै स्थगीत गरिएको थियो । अभियानले माघ ६ गते प्रदेश २ का मुख्यमन्त्री कार्यालय घेर्ने भएको छ । माघ ६ गते मुख्यमन्त्री कार्यालय अगाडी विरोध प्रर्दशन गर्ने भएको छ भने माघ ८ गते रौतहटको गौर,माघ ९ गते सलार्हीको मलंगवा,माघ ११ गते महोत्तरीको जलेश्वर,माघ १३ गते सिरहामा र माघ १७ गते विरगंजमा विरोध प्रर्दशन गर्ने भएको छ ।

अभियानले महोत्तरी जिल्लाका बनका डेफो हेमनत साहमाथि मुद्दा चलाउन समेत माग गरेको छ । वन प्रमुख साहले महोतरीको रम्तेल डाडा सामुदायीक वनको अनाधिकृतरुपमा तस्कर संग मिलेर ४ सय रुख कटान गरेको समेत आरोप अभियान ले लगाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]