२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

संखुवासभा-महोत्तरी ४ सय केभी प्रसारण लाइनको शिलान्यास

Logo
प्रकाशित बिहिबार, माघ ०१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१ माघ।संखुवासभा-महोत्तरी ४ सय केभी प्रसारण लाइन निर्माण कार्यको एक समारोह बीच शिलान्यास गरिएको छ । अरुण तेस्रो जलविद्युत परियोजना अन्तर्गत संखुवासभाको खांधवारीदेखि महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका हुँदै भारतीय सीमा भिठ्ठामोडसम्म ४ सय केभी प्रसारण लाइन निर्माण कार्यको बिहिवार शिलान्यास गरिएको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले जिल्लाको भङहा नगरपालिकामा यस प्रसारणको लाइन निर्माण कार्यको शिलान्यास गरे । भङहा बाट सुरु गरिएको यस परियोजनाको यो पहिलो सुरुवात हो । यो परियोजनाको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आइसकेपछि त्यस क्षेत्रको विद्युत आपूर्तिमा ठुलो फड्को मार्ने विश्वास लिइएको छ ।

शिलान्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विमलीले यो परियोजनाको सफलताले यस क्षेत्रको विद्युतको समस्या समाधानमा सहयोगी सावित हुने बताए । उनले यस परियोजनाको निर्माण कार्यमा सबैलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले शिलान्यास गरेको सो टि.एल. टावर निर्माण कार्यको शिलान्यास कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलय महोत्तरीका प्रमुख कुमार खडका, प्रशासकीय अधिकृत रन्जित कुमार यादव, अरुण तेस्रो जलविद्युत परियोजनाका प्रमुख इन्जिनियर हरिश शर्मा, एस. के. शर्मा, चन्दन मेहता, भङहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष ओहित मियालगायतको सहभागिता थियो ।

संखुवासभा-महोत्तरी ४ सय केभी प्रसारण लाइन निर्माण कार्यको एक समारोह बीच शिलान्यास गरिएको छ । अरुण तेस्रो जलविद्युत परियोजना अन्तर्गत संखुवासभाको खांधवारीदेखि महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका हुँदै भारतीय सीमा भिठ्ठामोडसम्म ४ सय केभी प्रसारण लाइन निर्माण कार्यको बिहिवार शिलान्यास गरिएको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले जिल्लाको भङहा नगरपालिकामा यस प्रसारणको लाइन निर्माण कार्यको शिलान्यास गरे । भङहा बाट सुरु गरिएको यस परियोजनाको यो पहिलो सुरुवात हो । यो परियोजनाको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आइसकेपछि त्यस क्षेत्रको विद्युत आपूर्तिमा ठुलो फड्को मार्ने विश्वास लिइएको छ ।

शिलान्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विमलीले यो परियोजनाको सफलताले यस क्षेत्रको विद्युतको समस्या समाधानमा सहयोगी सावित हुने बताए । उनले यस परियोजनाको निर्माण कार्यमा सबैलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले शिलान्यास गरेको सो टि.एल. टावर निर्माण कार्यको शिलान्यास कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलय महोत्तरीका प्रमुख कुमार खडका, प्रशासकीय अधिकृत रन्जित कुमार यादव, अरुण तेस्रो जलविद्युत परियोजनाका प्रमुख इन्जिनियर हरिश शर्मा, एस. के. शर्मा, चन्दन मेहता, भङहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष ओहित मियालगायतको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]