२२ माघ २०८२, बिहिबार
05-02-2026 , Thu
×

उपेन्द्र यादवलाई उनकै कार्यकर्ताले दिए कालोझण्डा देखाउने चेतावनी

Logo
प्रकाशित शुक्रबार, माघ ०२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२ माघ।जनता समाजवादी पार्टी (जसपा) भित्र फेरि मर्यादाक्रम विवाद चर्किएको छ । पुर्वराजपा र समाजवादी पार्टीबीच एकतापछि मर्यादाक्रमबारे सुरुदेखि नै विवाद रहँदै आएको थियो । संसद विघटनको विरोधमा सिराहामा आयोजना हुन लागेको कार्यक्रममा मर्यादाक्रम मिचेर नाम राखिएको भन्दै नेता राजकिशोर यादवले असन्तुष्टि जनाएपछि विवाद सतहमा आएको हो ।

शनिवार हुने जनप्रदर्शन एवम् विरोध सम्बन्धी कार्यक्रमका लागि जारी गरेको परिपत्रमा मर्यादाक्रम मिचेर नाम उल्लेख गरिएको भन्दै उनको समुहले कार्यक्रम नै बहिस्कार गर्ने चेतावनी दिएको छ । जसपाले जारी गरेको परिपत्रमा ३ माघमा सिरहामा हुने प्रदर्शन तथा सभामा रेणुकुमारी यादव, अनिल झा, विजय यादव र राजकिशोर यादव सहभागी हुने उल्लेख गरिएको छ । त्यसमा आफ्नो नाम सबैभन्दा तल राखेकोमा नेता यादव रुष्ट छन् ।

उनी तत्कालिन राजपाका अध्यक्ष मण्डल सदस्य थिए । पार्टी एकतापछि उनी मर्यादाक्रममा रेणु यादवभन्दा अगाडी छन् । तर परिपत्रमा नाम तल राखिएको भन्दै उनले कार्यक्रम नै बहिष्कार गर्ने आफ्ना निकट नेता तथा कार्यकर्तालाई बताउँदै आएका छन् ।

राजकिशोरनिकट नेता राजाराम यादव र जसपा अध्यक्ष उपेन्द्र यादवबीच फोनमा चर्काचर्की भएको अडियोसमेत बाहिरिएको छ । अध्यक्ष यादवसँगको कुराकानीमा राजारामले सिरहामा आए विरोध गर्दै कालो झण्डा देखाउने चेतावनी दिएका छन् । उनले मर्यादाक्रम नसच्चाइए राजकिशोर यादवको समुह कार्यक्रममा सहभागी नहुने पनि भनेका छन् ।

त्यसपछि उपेन्द्र यादवले रिसाएर ‘राजकिशोरको ग्रुप ओलीको कार्यक्रममा जान्छन् नि ? बकबास नगर । काम गर्न मन छ भने गर, नत्र भाग,’ भनेका छन् । ‘तपाई डिक्टेटरशीप चलाउनुहुन्छ । अध्यक्ष हुनुहुन्छ भने के भयो ? तपाई आउनुस् सिरहा हामी पार्टीकै मान्छे कालो झण्डा देखाउँछौँ,’ राजाराम यादवले भनेका छन् ।

पार्टी एकिकरणअघि मन्त्री पद पाएपछि राजकिशोर नेकपामा प्रवेश गर्ने र पछिल्लो समयसमेत नेकपा नेताहरुसँग निकटता बढेको चर्चा छ । त्यसैले पनि अध्यक्ष यादवले उनलाई ओलीको कार्यक्रममा सहभागी हुनेबारे टेलिफोन सम्बादमा टिप्पणी गरेको बताइएको छ । तर, विभिन्न घटकहरु मिलेर पार्टी निर्माण भएकाले बरियताक्रम, वैचारिक असमानता समान्य कुरा रहेको र यसलाई अनौठो रुपमा लिन नहुने जसपा केन्द्रिय सदस्य तथा प्रदेश २ का भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बताए ।

‘फरक विचार, मर्यादाक्रमको अन्तरद्वन्द्व, संगठनात्मक समायोजनको क्रममा नेतृत्वको सवाल, बर्चश्ववादी विचार र व्यक्तित्वको टकराव समान्य हो । यसलाई हामीले बुझेका छौँ । जसपामा पनि हदैसम्म छ ,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]