२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

उपेन्द्र यादवलाई उनकै कार्यकर्ताले दिए कालोझण्डा देखाउने चेतावनी

Logo
प्रकाशित शुक्रबार, माघ ०२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२ माघ।जनता समाजवादी पार्टी (जसपा) भित्र फेरि मर्यादाक्रम विवाद चर्किएको छ । पुर्वराजपा र समाजवादी पार्टीबीच एकतापछि मर्यादाक्रमबारे सुरुदेखि नै विवाद रहँदै आएको थियो । संसद विघटनको विरोधमा सिराहामा आयोजना हुन लागेको कार्यक्रममा मर्यादाक्रम मिचेर नाम राखिएको भन्दै नेता राजकिशोर यादवले असन्तुष्टि जनाएपछि विवाद सतहमा आएको हो ।

शनिवार हुने जनप्रदर्शन एवम् विरोध सम्बन्धी कार्यक्रमका लागि जारी गरेको परिपत्रमा मर्यादाक्रम मिचेर नाम उल्लेख गरिएको भन्दै उनको समुहले कार्यक्रम नै बहिस्कार गर्ने चेतावनी दिएको छ । जसपाले जारी गरेको परिपत्रमा ३ माघमा सिरहामा हुने प्रदर्शन तथा सभामा रेणुकुमारी यादव, अनिल झा, विजय यादव र राजकिशोर यादव सहभागी हुने उल्लेख गरिएको छ । त्यसमा आफ्नो नाम सबैभन्दा तल राखेकोमा नेता यादव रुष्ट छन् ।

उनी तत्कालिन राजपाका अध्यक्ष मण्डल सदस्य थिए । पार्टी एकतापछि उनी मर्यादाक्रममा रेणु यादवभन्दा अगाडी छन् । तर परिपत्रमा नाम तल राखिएको भन्दै उनले कार्यक्रम नै बहिष्कार गर्ने आफ्ना निकट नेता तथा कार्यकर्तालाई बताउँदै आएका छन् ।

राजकिशोरनिकट नेता राजाराम यादव र जसपा अध्यक्ष उपेन्द्र यादवबीच फोनमा चर्काचर्की भएको अडियोसमेत बाहिरिएको छ । अध्यक्ष यादवसँगको कुराकानीमा राजारामले सिरहामा आए विरोध गर्दै कालो झण्डा देखाउने चेतावनी दिएका छन् । उनले मर्यादाक्रम नसच्चाइए राजकिशोर यादवको समुह कार्यक्रममा सहभागी नहुने पनि भनेका छन् ।

त्यसपछि उपेन्द्र यादवले रिसाएर ‘राजकिशोरको ग्रुप ओलीको कार्यक्रममा जान्छन् नि ? बकबास नगर । काम गर्न मन छ भने गर, नत्र भाग,’ भनेका छन् । ‘तपाई डिक्टेटरशीप चलाउनुहुन्छ । अध्यक्ष हुनुहुन्छ भने के भयो ? तपाई आउनुस् सिरहा हामी पार्टीकै मान्छे कालो झण्डा देखाउँछौँ,’ राजाराम यादवले भनेका छन् ।

पार्टी एकिकरणअघि मन्त्री पद पाएपछि राजकिशोर नेकपामा प्रवेश गर्ने र पछिल्लो समयसमेत नेकपा नेताहरुसँग निकटता बढेको चर्चा छ । त्यसैले पनि अध्यक्ष यादवले उनलाई ओलीको कार्यक्रममा सहभागी हुनेबारे टेलिफोन सम्बादमा टिप्पणी गरेको बताइएको छ । तर, विभिन्न घटकहरु मिलेर पार्टी निर्माण भएकाले बरियताक्रम, वैचारिक असमानता समान्य कुरा रहेको र यसलाई अनौठो रुपमा लिन नहुने जसपा केन्द्रिय सदस्य तथा प्रदेश २ का भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बताए ।

‘फरक विचार, मर्यादाक्रमको अन्तरद्वन्द्व, संगठनात्मक समायोजनको क्रममा नेतृत्वको सवाल, बर्चश्ववादी विचार र व्यक्तित्वको टकराव समान्य हो । यसलाई हामीले बुझेका छौँ । जसपामा पनि हदैसम्म छ ,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]