१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

मृतक इन्जियर गोइतको दाईलाई जागिर

Logo
प्रकाशित शनिबार, माघ ०३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, ३ माघ। मेलम्चि खानेपानी परियोजनामा कार्यरत रहेको अवस्थामा निधन भएको इन्जिनियर सतिस गोइतका दाई आशिस गोइतलाई जागिर दिइएको छ ।

मेलम्चि खानेपानी परियोजनामा कन्ट्रेक्टरको तर्फवाट कार्यरत्त मृतक इन्जिनियर गोइतको निधन भए लगतै आन्दोलनरत्त इन्जिनियरहरुले उनको परिवारवाट एकजनालाई जागिर दिनुपर्ने लगायतका माग राख्दै आन्दोलित भएका थिए । आन्दोलनरत्त इन्जिनियरहरु र खानेपानी मन्त्रालय विच भएको पाँच वुन्दे सहमति अनुसार उनको दाईलाई जागिर दिइएको हो ।

प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल प्रदेश नम्वर २ का इन्चार्ज रामएकवाल यादव र अध्यक्ष इन्जिनियर सागर चौधरी लगायत धनुषा अध्यक्ष इन्जिनियर राजेशकुमार महतो र इन्जिनियर राकेश साह, संजय यादव लगायत संघीय खानेपानी कार्यालय प्रमुख इन्जिनियर राजेश कुशवाहा, मन्त्रालयका सचिव माधव वेलवासले संयुक्त रुपमा मृतक इन्जिनियर गोइतका दाजुलाई नियुक्तीपत्र प्रदान गरेका छन् ।

मृतक इन्जिनियर गोइतका परिवारले प्रोग्रेसिभ इन्जिनियर एसोसिएसनलाई धन्यवाद ज्ञापन गरेका थिए। नियुक्तिपत्र पाएका गोइत माघ १ गतेवाट कार्यालयमा कार्य गर्न थालेका इन्जिनियर रामएकवाल यादवले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]