२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

मृतक इन्जियर गोइतको दाईलाई जागिर

Logo
प्रकाशित शनिबार, माघ ०३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, ३ माघ। मेलम्चि खानेपानी परियोजनामा कार्यरत रहेको अवस्थामा निधन भएको इन्जिनियर सतिस गोइतका दाई आशिस गोइतलाई जागिर दिइएको छ ।

मेलम्चि खानेपानी परियोजनामा कन्ट्रेक्टरको तर्फवाट कार्यरत्त मृतक इन्जिनियर गोइतको निधन भए लगतै आन्दोलनरत्त इन्जिनियरहरुले उनको परिवारवाट एकजनालाई जागिर दिनुपर्ने लगायतका माग राख्दै आन्दोलित भएका थिए । आन्दोलनरत्त इन्जिनियरहरु र खानेपानी मन्त्रालय विच भएको पाँच वुन्दे सहमति अनुसार उनको दाईलाई जागिर दिइएको हो ।

प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल प्रदेश नम्वर २ का इन्चार्ज रामएकवाल यादव र अध्यक्ष इन्जिनियर सागर चौधरी लगायत धनुषा अध्यक्ष इन्जिनियर राजेशकुमार महतो र इन्जिनियर राकेश साह, संजय यादव लगायत संघीय खानेपानी कार्यालय प्रमुख इन्जिनियर राजेश कुशवाहा, मन्त्रालयका सचिव माधव वेलवासले संयुक्त रुपमा मृतक इन्जिनियर गोइतका दाजुलाई नियुक्तीपत्र प्रदान गरेका छन् ।

मृतक इन्जिनियर गोइतका परिवारले प्रोग्रेसिभ इन्जिनियर एसोसिएसनलाई धन्यवाद ज्ञापन गरेका थिए। नियुक्तिपत्र पाएका गोइत माघ १ गतेवाट कार्यालयमा कार्य गर्न थालेका इन्जिनियर रामएकवाल यादवले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।