२८ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

सुनसरीमा माइक्रो र मोटरसाइकल ठोकिदा ३ को मृत्यु, ८ जना घाइते

Logo
प्रकाशित बुधबार, माघ ०७, २०७७

न्यूजमधेश डेस्क
सुनसरी,७ माघ।सुनसरीको दुहवी-इनरुवा खण्डमा मंगलबार भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

सुनसरी प्रहरीका अनुसार विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको माइक्रो र विपरीत दिशामा रहेको मोटरसाइकल आपसमा ठोकिदा दुर्घटना भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माइक्रोले को३४प ४६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपश्चात माइक्रो सडक किनारमा पल्टेको छ ।

दुर्घटनामा मोटरसाइकल चालकसहित तीन जनाको ज्यान गएको छ । सुनसरी प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा ३ का बृख मण्डल र माइक्रोका सह– चालक सप्तरी घर भएका शंकरकुमार यादव रहेका छन् ।

मृतकमध्ये एक महिलाको भने पहिचान खुल्न बाँकी रहेको छ । उनीहरू सबैको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ८ जना घाइते भएका छन् । उनीहरूको उपचार जारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]