२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

सिराहाकाे जीवाखाेलाको पुलनजिकै राखिएको बम नेपाली सेनाद्वारा डिस्पोज

Logo
प्रकाशित शनिबार, माघ १०, २०७७

न्यूजमधेश डेस्क
सिरहा,१० माघ।पूर्व–पश्चिम राजमार्जअन्तर्गत सिराहाको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलनजिकै प्रेसर कुकरमा हातले बनाएर राखिएको विस्फोटक वस्तु (बम) इप्रोभाइज एक्सपोलिसिभ डिभाइस (आइडी) फेला परेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान प्रेसर कुकरमा राखिएको अवस्थामा उक्त विस्फोटक वस्तु भेटिएपछि चोहर्वास्थित श्री शेर गणबाट नेपाली सेनाको डिस्पोजल टोली पुगेर डिस्पोज गरेको छ ।

उक्त विस्फोटक वस्तु कसले र के प्रायोजनको लागि राखेको हो भन्ने खुलीनसकेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । बम राखिएको हल्लापछि अवरुद्ध राजमार्ग पूर्ण रुपमा सुचारु भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।