२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

ओबिसीको पनि छुट्टै आरक्षण हुनुपर्छ : मन्त्री शैलेन्द्र साह

Logo
प्रकाशित आइतबार, माघ ११, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, ११ माघ । प्रदेश २ का भूमी, व्यवस्था तथा कृषी सहकारी मन्त्री शैलेन्द्र साहले पिछडावर्गको छुट्टै आरक्षण हुनुपर्ने बताएका छन् ।

शनिवार जनकपुरधाममा पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै मन्त्री साहले सबै वर्गले आरक्षण पाउनुपर्ने बताएका हुन् । उनले जनसंख्याको आधारमा राज्यको हरेक निकायमा पिछडावर्गको छुट्टै आरक्षण हुनुपर्ने बताए ।

‘विगत २२ बर्षदेखि संघर्षरत ओबिसीको सुरुवाती आन्दोलनलाई सम्झिदा अहिले ओबिसीको आन्दोलन मत्थर भएको देखिन्छ’ मन्त्री साहले भने, ‘पिछडावर्गको हक अधिकारका निम्ति संवैधानिक जटिलतालाई छलफल र बहसको माध्यमले टुंग्याउनुपर्छ, संघर्ष गर्नुपर्छ । त्यसको लागि स्वयम म पनि तपाईहरुको साथमा छु । मन्त्रीको हैसियतले नभई पिछडावर्गको हिसाबले साथ छु । म पनि पिछडावर्गमै पर्छु’, मन्त्री साहले भने ।

सामाजिक परिवर्तन विना कुनै समुदायको आर्थिक विकास सम्भव नरहेको उनको भनार्ई छ । पिछडावर्गमा पर्ने जातजाती को कुन पार्टीमा हो त्यसले कुनै सरोकार राख्दैन मन्त्री साहले भने आ–आफ्नै पार्टीमा ओबिसीको आवाज बुलन्द गर्नु महत्वपूर्ण कुरो हो । हाम्रो दृष्टिकोण परिवर्तन नभएसम्म ओबिसीले आफ्नो लक्ष्य प्राप्ति गर्न नसक्ने मन्त्री साहको जिकिर थियो ।

महाधिवेशनका विशिष्ट अतिथी तथा प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले प्रदेशमा पिछडावर्गको आरक्षणका लागि पहल गर्ने बताए । उनले ओबिसीको विचार र दिशाको खुलेर प्रशंसा गरे ।

राज्यमन्त्री कुशवाहाले प्रदेश सरकार शहिदको बलिदानीबाट स्थापना भएकोले पिछडावर्गसंग कुनै बेइमानी नगर्ने उल्लेख गरे । मौलिक हकको सबालमा नेपालको संविधान विश्वमै सबैभन्दा उत्कृष्ट संविधान रहेको उनले दावी गरे । मन्त्री कुशवाहाले पिछडावर्ग प्रतिष्ठान गठन गर्न ओबिसीलाई सुझाव दिए ।

पिछडावर्ग ओबिसीका संस्थापक अध्यक्ष भरत प्रसाद महतोले ओबिसी आन्दोलनबाट प्राप्त उपलब्धीलाई संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले ओबिसी आन्दोलनबाटै संविधानको पाँचवटा धारामा पिछडावर्गको चर्चा गरिएको औल्याए । नेपालको संविधान २०७२ को धारा १८, ४२, ५१, १५९ र २६७ मा पिछडावर्गको विषय समेटिएको अध्यक्ष महतोले उल्लेख गरे ।

पिछडावर्ग ओबिसी महासभाका राष्ट्रिय अध्यक्ष राम कुमार महतोको अध्यक्षतामा भएको महाधिवेशनको उद्घाटन सत्रमा केन्द्रिय ओबिसी उत्थान विकास समितका सदस्य मनाई महतो, अन्तराष्ट्रिय मगही फाउन्डेसनका अध्यक्ष वीरबहादुर महतो, जनता समाजवादी पार्टीका प्रदेश २ का प्रमुख सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य मिरा साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल, नेपाल सद्भावना पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद सिंह, लोकदलका केन्द्रिय अध्यक्ष कौशल किशोर सिंहलगायतका अतिथी तथा महाधिवेशन प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।

जनकपुर उद्योग वाणिज्य संघमा शुरु भएको पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन माघ १२ गतेसम्म हुनेछ । महाधिवेशनका लागि २१ जिल्लाका २ सय ५५ जना महाधिवेशन प्रतिनीधि रहेको पिछडावर्ग ओबिसी महासभाले जनाएको छ ।

महाधिवेशनले पछिल्लो कामको समिक्षा गर्दै पिछडावर्ग अन्तर्गत पर्ने ३४ वटा जातिको भाषा, संस्कृति, संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन तथा आरक्षणसहित सबै किसिमको विकासको एजेन्डा तय गर्ने बताइएको छ । महाधिवेशनले निर्वाचन प्रणालीबाट नर्या कार्यसमिति चयन गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागीपीडितलाई सशस्त्र प्रहरीले राहत सामग्री वितरण गरेको छ । आज विष्णु गाउँपालिका-१, बाराउद्योरणस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा औपचारिक कार्यक्रम गरी राहत सामग्री वितरण गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले आगलागीपीडित ५० परिवारलाई राहत सामग्री प्रदान गरेको हो । वाहिनीपति एवं सशस्त्र […]