२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

प्रधानमन्त्रीले दिए मुख्यमन्त्री राईलाई दाम्पत्य जीवनको शुभकामना

Logo
प्रकाशित आइतबार, माघ ११, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,११ माघ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई वैवाहिक जीवनको शुभकामना दिएका छन् । विवाह समारोहमा पुगेर उनले दुलाहा-दुलहीलाई सुखद दाम्पत्य जीवनको शुभकामना दिएका हुन ।

आज मुख्यमन्त्री राई र पूर्व मिस मंगोल जाङ्मु शेर्पा वैवाहिक बन्धनमा बाँधिएका हुन् । सीमित व्यक्तिहरुबीच भएको विवाहमा केही आफन्त तथा केही नेताहरुको उपस्थिति रहेको थियो ।

४९ वर्षीय मन्त्री राईले आफूभन्दा आधा उमेरकी संखुवासभाकी २३ वर्षीय शेर्पासँग काठमाडौंको एलिस पार्टी प्यालेसमा विवाह गरेका हुन् । आफ्नो जातीय पोशाकमा सजिए र राई र शेर्षाले धुमधामसाथ विवाह गरेका हुन ।

ज्याङ्मु र मुख्यमन्त्री राई एक वर्षदेखि प्रेममा थिए। मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]