१८ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

महोत्तरीमा टिपरको ठक्करबाट दुईको मृत्यु

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

दिनेश महतो
गौशाला, १२ माघ। महोत्तरीको औरही नगरपालिका वडा नम्बर ४ कठुधारमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधारका महबुल नदाफका १३ वर्षिय छोरा गुड्डु नदाफ र ठेगाना खुल्न नसकेको २० वर्षिय प्रमोद राम रहेका छन् ।

गौशाला–सम्सी सडक खण्ड अन्तरगर्त कठुधार चौकमा सम्सीबाट गौशाला तर्पm आउँदै गरेको ना८ख ९८० नम्बरको टिपरले ज ६ प १४०९ नम्बरको मोटरसाईकललाई ठक्करदिदां मोटरसाईकलमा सवार दुईजनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक रंजन मिश्रले बताए ।

ना८ख ९८० नम्बरको टिपरले ज ६ प १४०९ नम्बरको मोटरसाईकललाई ठक्करदिदां मोटरसाईकलमा सवार दुईजनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक रंजन मिश्रले बताउनुभयो ।

यता, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएकोे प्रहरी निरीक्षक मिश्रले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]