१८ बैशाख २०८२, शुक्रबार
02-05-2025 , Fri
×

घर बनाउने सपना बोकेर बिदेशिएका कुर्मी जब बाकसमा फर्किए

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

रमेश तिमलसिना
रौतहट ,१३ माघ । नयाँ घर बनाउने सपना बुन्दै रौतहट बृन्दावन नगरपालिका वाड नं। ४ हर्दियाका ३८ वर्षीय बिरेन्द्र राउत कुर्मी गत सन २०१८ जुलाइमा मलेसिया उडेका थिए । बिपन्न परिवारका कुर्मी साहुसंग ऋण गरेर मलेसियाको हेप्सन कम्पनीको सेलर मिलमा काम गर्न गएका थिए । तर उनको नयाँ घर बनाउने सपना सपनामै सिमित भयो । गत पुस ८ गते राति १२ बजेसम्म आफनो श्रीमती सुखी देबीसंग फोनमा गफ गरेका कुर्मी बिहान ४ बजे मृत्यु भएको खबर आयो । खबर उनका साथीले सुनाएका थिए ।

मादक पदार्थ सेवनबाट मृत्यु भएको मलेसियाको पोष्टमार्टमले जनाएको भएता पनि उनको मृत्यु मदिरा सेवनबाट नभएको परिवारको दाबी छ । उनका साडुभाइ राम प्रवेश पटेलका अनुसार उनको मृत्यु कुटपिटबाट हुनुपर्ने अनुमान गरेका छन् । राती १२ बजेसम्म श्रीमतीसंग कुरा गर्दा मदिरा सेवन गरेको जस्तो कुनै हाउभाउन नभएको साडुभाइ पटेलले बताएका छन् ।

एक धुर पनि जमिन आफनो नाममा नभएका सुकुम्बासीको रुपमा रहेका मृतक कुर्मी जमिन किनेर नयाँ घर बनाउने योजना बनाएर बिदेश गएको उनकी श्रीमती सुखी देबीले बताइन् । पतीको शोकमा डुबेकी सुखी देबीले आफनो ३ वटा छोराको भबिष्य अन्धकार भएको गुनासो गरिन् । कुर्मीको १५ बर्षीय राजेश, १२ बर्षीय रबि किसन र १० बर्षीय पवन राउत कुर्मी छोरा रहेका छन् ।

नयाँ घरमा बस्ने सपना सबै चकनाचुर भएको र उल्टै साहुको ऋण नै बाँकी रहेको सुखी देबी बताउँछिन् । मृतक कुर्मीका ७० बर्षीय बुबा महेश्वर राउत छोराको निधनले सबै सपना हावाहुरीले उडाएर लगे जस्तो भएको बताएका छन् । जेठो छोरोको रुपमा रहेका कुर्मीको निधनले आफुलाई नै अचेत बनाएको बुबा राउतको भनाइ छ । घरको आर्थिक अबस्था सबै छोरोले नै धानेको अब घरको अबस्था कस्तो होला भन्ने झन चिन्ता बढेको बुबा राउत बताउँछन् ।

कुर्मीको शब माघ ११ गते घरमा आइपुगेको थियो । एक महिना भन्दा बढी समय पछि शव घर ल्याउन सफल भएको मृतक कुर्मीका साडुभाइ राम प्रवेश पटेलले बताए । बैदेशिक रोजगार प्रर्बधन बोर्ड काठमाण्डौको सहयोगमा शव ल्याउन सफल भएको उनी बताउँछन् । शब ल्याउन परिवारको ४० हजार भन्दा बढी खर्च भएको पटेलको भनाइ रहेको छ । कुर्मीको शब ११ गते नै हिन्दु धार्मिक परम्मपरा अनुसार बागमती नदिमा दाहसंस्कार गरिएको थियो ।

कुर्मीको शब घर आएको भएतापनि उनलाई सम्बन्धित कम्पनी तथा बिभिन्न सरोकारवालाहरुले कुनै पनि किसिमको सुबिधा नदिएको परिवारको गुनासो छ । आफुले पाउने सेवा सुबिधा उपलब्ध गराइदिनको लागि सबैको सहयोगको अपेक्षा राखेको साडुभाइ पटेलले बताए । मृतक कुर्मी २०७२ सालमा पनि सोही कम्पनीमा सिजिनल म्यानपावर, सामाखुसी काठमाडौं माफर्त बिदेशिएका थिए । कुर्मीसंगै सो दिन १८ जनाको शव नेपाल भित्रिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]

सुनसरी, १८ भदौ। भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । धरान–१३ की राधिका लिम्बू घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी पर्न थालेपछि राति घरमा सुत्न सकिँदैन कतिबेला बाढी आएर बगाउँछ भन्ने […]

कञ्चनपुर, १८ भदौ। जिल्लाको बेलौरी नगरपालिका–७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार गरिएको छ । मध्य ब्रुमाइज पाइथन (अजिङ्गर) प्रजातिको अजिङ्गरको आज साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले जानकारी दिनुभयो । बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीका अनुसार उद्धार गरिएको अजिङ्गरको तौल ३५ […]