१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

कडा सुरक्षाबीच अनेरा स्ववियुद्वारा मन्त्रीहरुलाई देखाईयो कालो झण्डा

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

न्यूजमधेश डेस्क
राजविराज, १३ माघ । सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरद्वारा सप्तरीको राजविराजमा आयोजित जनजागरण सभालाई सम्बोधन गर्न राजविराज प्रवेश गर्न लागेका मन्त्रीहरुलाई अनेरा स्ववियु सप्तरीले कडा सुरक्षाका बीच कालो झण्डा देखाईएको छ।

मंगलबार जनजागरण सभाको लागि राजविराज प्रवेश गर्दै गर्दा मन्त्रीहरुलाई अनेरा स्ववियु सप्तरीका विद्यार्थी नेताहरुले अध्यारी पेट्रोल पम्प अगाडी कालो झण्डा देखाईएको हो।

राजविराज स्थित राजरंगशालामा आयोजना गरिएको कार्यक्रम स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली यथेष्ट संख्यामा परिचालन गरिएको थियो। कार्यक्रममा कुनै अप्रिय घटना नहोस् यसकालागि सप्तरी प्रशासनले कार्यक्रम स्थल, आसपास क्षेत्र तथा राजविराज नगरपालिकाको विभिन्न चौक तथा मुख्य बाटोहरुमा प्रहरी परिचालन गरेको छ ।

सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सहरी विकासमन्त्री प्रभु साह, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोल, पुर्व मन्त्री रघुबिर महासेठ, प्रदेश इन्चार्ज सत्यनारायण मंडल, कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ, प्रदेश सचीव सुमन प्याकुरेल गायतले सम्बोधन गर्न राजविराज आइपुगेका छन्।

सप्तरीका प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहका अनुसार सभालाई लक्षित गरी एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]