१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

बलात्कारीलाई बचाउन आर्थिक चलखेल पीडितलाई प्रलोभनमा पारेर अदालतमा दौडधुप गर्दै

Logo
प्रकाशित बिहिबार, माघ १५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ माघ । महोत्तरीको भंगहामा महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षकालागि थुनामा रहेका वडा सचिव कारवाहिबाट उम्किन आर्थिक चलखेल थालेको छ । पिडित महिलालाई आर्थिक प्रलोभनमा पारेका वडा सचिव पक्षले उच्च अदालत जनकपुरबाट उम्किन समेत चलखेल थालेको हो ।

भंगहा नगरपालिका–९ हरिणमरीका ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत महोतरीको आदेशमा भंगहा नगरपालिका वडा नं. ९ का ५२ वर्षीय वडा सचिव मिथलेश यादव पुर्पक्षकालागि थुनामा छन् । थुनामा रहेको वडा सचिवले उच्च अदालत जनकपुरमा पुनरावेदन गरी आर्थिक चलखेल शुरु गरेको हो ।

०७७ मंसिर २० गते उच्च अदालत जनकपुरमा दर्ता भएको कैफियत प्रतिवेदन मुद्धामा माघ ८ गते न्यायधिश प्रकाश चन्द्र गजुरेल र शकुन्तला घिमिरेको इजलासले सक्कल कागजात मगाउन आदेश दिएको थियो । यस अघि ३ पटक मुद्धाको पेसी स्थगित गरिएको थियो । पिडित महिलालाई आर्थिक प्रलोभनमा पारेका आरोपित वडा सचिवका पक्षले पछिल्लो समय उच्च अदालत जनकपुरमा फाटबला कर्मचारी र अन्य माध्यमबाट आन्यलयलाई प्रलोभनमा पार्ने प्रयास गर्दै आएको छ ।

पिडित महिलालाई तठस्थ बस्न ३ लाख नगद दिइएको चर्चा भएपनि प्रमाण भने भेटिएको छैन । यस अघि आरोपित महिलालाई १० लाख रुपैयाँ र १० कठ्ठा जग्गा लिएर अदालतमा बयान फेर्न भनेका थिए । घरमा श्रीमान्ले बनाएको टोकरी बेचेर हरिणमरी बजारबाट असोज १४ गते घर फर्किंदै गर्दा ३५ वर्षीया महिलालाई वडासचिव यादवले बलात्कार गरेको आरोप छ ।

घटनालगत्तै प्रहरीले आरोपित वडासचिव यादवलाई पक्राउ गरेको थियो । घटनालगत्तै आरोपित वडासचिव यादवले गाउँकै एक नेताको घरमा गई मेलमिलाप गराइदिन अनुनय गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]