१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

शिक्षाबाट बन्चित बालबालिकालाई भोरद्वरा नि:शुल्क ट्युसन

Logo
प्रकाशित शुक्रबार, माघ १६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१६ माघ।प्रदेश २ का सर्लाही जिल्लाको चन्द्रनगर गाँउपालिका वडा नम्बर ४ गरहाटोलमा भोर विधा सेतु सुरु भएको छ ।गरिबीका कारण शिक्षाबाट बन्चित बालबालिकालाई निशुल्क रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विषेश ट्यूशन सेन्टरको रुपमा भोर विधा सेतुको सुरुवात गरिएको हो ।

हरिपुरका समाजसेवी तथा शिक्षा प्रेमी अरविन्द चौधरीको सहयोगबाट भोर विधा सेतुको पहिलो टिउसन सेन्टरको शुभारम्भ भएको हो ।ग्रामिण क्षेत्रमा अहिले पनि दलित तथा विपन्न समुदायका बालबालिकाहरु शिक्षाको उज्यालो घामबाट बन्चित रहेको तितो दुःखद यर्थाथलाई मनन गर्दे भोर विधा सेतुको अवधारणा अगाडी सार्दै भोरले यो सृजनात्मक पहल आरम्भ गरेको बताइएको छ ।

विगत १२ वर्ष देखिको शिक्षा क्षेत्रको अनुभव, उपलब्धी, सिकाई र चुनौती समाधानका ज्ञानका आधारमा भोरले यो अवधारणा अगाडी ल्याएको भोरका अध्यक्ष पचुलाल माझीले बताए । कक्षा १ मा भर्ना भएकका बालबालिका बडो मुस्किल र निकै कम अनुपातमा एसइई सम्म पुग्ने गर्दछ, भोरका कोषाअध्यक्ष उमेश कुमार साहले भने ।

त्यसैले दलित र विपन्न गैर दलित समुदायको सम्पूर्ण बालबालिकालाई औपचारीक शिक्षाको मुलधारमा ल्याउन, गुणस्तरीय शिक्षा प्राप्त गर्नमा मदत गर्न र अधिकतम बालबालिकालाई एसइई सम्म शिक्षा आर्जनमा सहयोग गर्न भोर विधा सेतु शुरुवात गरिएको भोरका महासचिव सरोज प्रसाद दुलालले बताए । यस टिउसन सेन्टरमा दलित र गैर दलित समुदायकै विपन्न क्षमतावान शिक्षकको माध्यमबाट टोल स्तरमा बच्चाहरुको सिकाईलाई अभिवृद्धि गराउन विषेश कक्षा, संस्कार ,असल सोंच र व्यवहारको लागि नैतिक ज्ञान र वर्तमान आधुनिक युग सित प्रतिशपर्धामा सफलता हासिल गर्न प्राविधिक सिप तथा शारिरीक स्वास्थ्य र मजबुतीको लागि व्ययाम जस्ता शिक्षा र सिपहरु सिकाइने महासचिव दुलालले जानकारी दिए । हुनेले नहुनेको लागि सहयोग गर्ने सामाजिक परोपकारको सिद्धान्तमा आधारीत विभिन्न मनकारी व्यक्तिहरुको आर्थिक तथा सामाग्री योगदानबाट मितव्ययी तवरले समुदायद्धारा अपनत्व ग्रहन गर्ने खालको दिगो सकारात्मक परिवर्तन ल्याउने भोर विधा सेतुको उदेश्य रहेको संस्थापक राज कुमार महतोले बताए ।

सेतुको पहिलो सेन्टरको संचालनमा अरविन्द चौधरीले शिक्षकको मासिक पारिश्रमिक नियमित रुपमा प्रदान गर्ने साथै विधार्थीहरुलाई आवश्यक स्टेशनरी तथा अन्य सामाग्री अन्य मनकारी व्यक्ति तथा संस्थाको सहयोगमा व्यवस्थापन गरिने बताइएको छ। सर्लाही जिल्ला शिक्षक संघका अध्यक्ष सरोज सिंह, वडा कार्यालयका जनप्रतिनिधी शिवचन्द्र राय, दलित अगुवा राम केवल राम, प्रमिला देवी माझी, मंगली देवी माझी लगायतको उपस्थितिमा भोर विधा सेतुको उद्घाटन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

जनकपुरधाम । गएराति सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्द्रपुरबाट एक मोटरसाइकल चोरी भएको छ। स्थानीय रबिन्द्र कुमार पण्डितको घरबाट उनको प्रदेश-०२-००५ प २८६२ नम्बरको टिभिएस कम्पनीका बुल्लु रंगको एप्पाच्ची मोटरसाइकल चोरी भएको हो। एक सय ५० सीसीको सो मोटरसाइकल राति घरबाटै चोरी भएको मोटरसाइकल धनी पण्डितले बताए ।

जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य […]