१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

मेयर गोल्ड कपको उद्घाटन खेलमा आर्मी विजय

Logo
प्रकाशित आइतबार, माघ १८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१८ माघ । महोत्तरीको भंहा नगरपालिकामा मेयर गोल्ड कपको उद्घाटन खेलमा आर्मी विजय भएको छ । शनिबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लव विजय भएको हो ।

त्रिभुवन आर्मी फुटवल क्लव र धरान फुटवल क्लव बीच भएको रोमाञ्चक खेलमा पेनाल्टी सुट आउटमा आर्मी ६–५ ले बिजय भएको हो । पेनाल्टीमा आर्मीका तर्फबाट ६ र धरानको तर्फबाट ५ गोल भएको थियो । धरान फुटवल क्लवको फितलो प्रदर्शन रहेको थियो भने खेल अवधी भरी त्रिभुवन आर्मी फुटवल क्लव हाबी रहेको थियो । खेलको म्यान अफ दि म्याच आर्मीका गोलकिपर विवस चौधरी भएका छन् । चौधरीले ५ हजार नगद र टर्फी सहित सम्मान गरिएको छ ।

मेयर गोल्ड कप २०७७ मा राष्ट्रिय स्तरका ८ वटा क्लवहरुको सहभागिता रहेको छ । फुटवल प्रतियोगितामा त्रिभुवन आर्मी क्लव काठमाडोै, धरान फुटवल क्लव, नेपाल एपीएफ क्लव काठमाडौं,सतासीधाम स्पोटिङ्ग क्लव झापा, लेखनाथ युनाईटेड क्लव पोखरा, वेङ्गखाडी यूवा क्लव महोत्तरी, विजय यूथ क्लव हेटौंडा र बागमती युवा क्लव सहभागीता जनाएका छन् ।

भंगाहा नगरपालिकाको आयोजना भएको यस प्रतियोगितामा प्रथम हुनेलाई ५ लाख पुरस्कार र दोस्रो हुनेलाई २ लाख पुरस्कार रहेको छ । आइतबार नेपाल एपीएफ क्लव(काठमाडौं) र सतासीधाम स्पोटिङ्ग क्लव(झापा) बीच हुनेछ ।

भंगहा नगरप्रमुख संजिव साहको अध्यक्षता तथा नेपाल फुटवल संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ् सेर्पाको प्रमुख आतिथ्यमा खेलको उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा प्रदेश २ का प्रहरी प्रमुख धिरज प्रताप सिंह, प्रदेश २ आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दहाल लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]