०७ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

जनकपुरमा ६ मोटरसाइकलसहित चोरीमा संलग्न पाँच जना नियन्त्रणमा

Logo
प्रकाशित आइतबार, माघ १८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१८ माघ। धनुषा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोहका पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार ६ वटा मोटरसाइकलसहित पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो ।

नियन्त्रणमा रहेका सिरहाको विष्णुपुर गाउँपालिका वडा ३ रजोखोरका रोहित कुमार यादव, विष्णुपुर गाउँपालिका वडा २ राजपुरका प्रमोद कुमार यादव, मनोज कुमार यादव, धनुषाको सबैला नगरपालिका वडा ४ पटेर्वाका अमरेन्द्र कुमार यादव र चोरीको मोटरसाइकल खरिद गर्ने धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका जितेन्द्र यादव रहेको छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले पक्राउ पर्ने सबै २५ वर्ष मुनिका युवाहरु रहेको जानकारी दिए ।

नियन्त्रणमा रहेका गिरोहको साथबाट प्रहरीले ज. ८ प. ८७७५ नम्बर प्लेटको अपाचे, ज. १२ प. ६११८ नम्बर प्लेटको दुई सय बीस सीसी पल्सर, स.७ प. ५२०३ नम्बर प्लेटको डिस्कोभर, को. ३८ प. ७६४ नम्बर प्लेटको स्पलेण्डर, स. ४ प. ५७४६ नम्बर प्लेटको पल्सर मोटरसाइकल बरामद गरेको छ ।

प्रहरी नायव उपरीक्षक मिश्रका अनुसार रोहितको घरबाट पेचकस तीन थान, ब्याट्री एक थान, रिञ्च तीन थान र लेगार्ड एक थानसमेत बरामद भएको छ ।

धनुषाको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस नक्टाझिझमा कार्यरत सशस्त्र प्रहरी जवान मिथिलेश कुमार राउत र धनुषाको जनकपुरधाम बस्ने अजय साहको मोटरसाइकल चोरी भएपछि अनुसन्धानमा खटिएको प्रहरीले पाँच जनालाइ पक्राउ गर्न प्रहरी सफल भएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]