१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

जनकपुरमा ६ मोटरसाइकलसहित चोरीमा संलग्न पाँच जना नियन्त्रणमा

Logo
प्रकाशित आइतबार, माघ १८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१८ माघ। धनुषा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोहका पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार ६ वटा मोटरसाइकलसहित पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो ।

नियन्त्रणमा रहेका सिरहाको विष्णुपुर गाउँपालिका वडा ३ रजोखोरका रोहित कुमार यादव, विष्णुपुर गाउँपालिका वडा २ राजपुरका प्रमोद कुमार यादव, मनोज कुमार यादव, धनुषाको सबैला नगरपालिका वडा ४ पटेर्वाका अमरेन्द्र कुमार यादव र चोरीको मोटरसाइकल खरिद गर्ने धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका जितेन्द्र यादव रहेको छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले पक्राउ पर्ने सबै २५ वर्ष मुनिका युवाहरु रहेको जानकारी दिए ।

नियन्त्रणमा रहेका गिरोहको साथबाट प्रहरीले ज. ८ प. ८७७५ नम्बर प्लेटको अपाचे, ज. १२ प. ६११८ नम्बर प्लेटको दुई सय बीस सीसी पल्सर, स.७ प. ५२०३ नम्बर प्लेटको डिस्कोभर, को. ३८ प. ७६४ नम्बर प्लेटको स्पलेण्डर, स. ४ प. ५७४६ नम्बर प्लेटको पल्सर मोटरसाइकल बरामद गरेको छ ।

प्रहरी नायव उपरीक्षक मिश्रका अनुसार रोहितको घरबाट पेचकस तीन थान, ब्याट्री एक थान, रिञ्च तीन थान र लेगार्ड एक थानसमेत बरामद भएको छ ।

धनुषाको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस नक्टाझिझमा कार्यरत सशस्त्र प्रहरी जवान मिथिलेश कुमार राउत र धनुषाको जनकपुरधाम बस्ने अजय साहको मोटरसाइकल चोरी भएपछि अनुसन्धानमा खटिएको प्रहरीले पाँच जनालाइ पक्राउ गर्न प्रहरी सफल भएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]