३० आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

लकडाउनमा कण्डम र गर्भनिरोध चक्की ३ गुणा बढी बिकेको खुलासा

Logo
प्रकाशित सोमबार, माघ १९, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,१९ माघ।कोरोना संक्रमणकालिन लकडाउनको अवस्थामा विश्वभरको सबै काम प्रभावित भयो । यस क्रममा धेरै उत्पादन कम्पनी डुब्ने अवस्थामा पुगे । तर रोचक के छ भने विश्वका कैयौँ उत्पादन कम्पनी डुबेको बेला भारतमा भने कण्डम र आई पिल्सको बिक्री भने कैयौं गुणा बढेको खुलासा भएको छ । डुन्जो एडले गरेको सर्वे अनुसार भारतमा कण्डम र पिल्सको बिक्री बढेको खुलासा भएको हो ।

कोरोनाकालमा लकडाउनको समयमा मानिसहरु घरभित्र रहन बाध्य भए । यस क्रममा भारतमा भने कण्डमको बिक्री अत्यधिक भयो । यसमा अझ रोचक के छ भने मानिसले रातमाभन्दा दिउँसै कण्डमको खरिद बढी गरेको डुन्जो एपले खुलाएको छ । कन्सिअर्ज सर्भिस एप डुन्जोको डेलिवरी ट्रेण्ड्समा यो तथ्यांक बाहिर आएको हो ।

सर्वेको अनुसार डुन्जो एपमा कण्डमको अर्डर रातको तुलनामा दिउँसो बढि हुने गरेको थियो । लकडाउन ताका कण्डमको माग अन्य समयभन्दा तीन गुणा बढि थियो । हैदराबादमा करीब ६ गुणा, चेन्नईमा ५ गुणा र जयपुरमा ४ गुणा बढि भएको थियो । त्यस्तै मुम्बई र बेगलुरूमा रातमा भन्दा दिउँसो कण्डमको अर्डर ३ गुणा बढेको थियो ।

कण्डम मात्र होइन, लकडाउनको समयमा भारतमा गर्भनिरोधक चक्कि आईपिलको समेत माग बढेको थियो । सर्वे अनुसार गर्भनिरोधक चक्किको माग हुने स्थानमा बेगलूरु, पुणे, गुरुग्राम, हैदराबाद र दिल्ली प्रमुख थिए । त्यस्तै प्रेगनेन्सी टेस्ट किट्सको माग जयपुरमा बढि थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]