०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

लकडाउनमा कण्डम र गर्भनिरोध चक्की ३ गुणा बढी बिकेको खुलासा

Logo
प्रकाशित सोमबार, माघ १९, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,१९ माघ।कोरोना संक्रमणकालिन लकडाउनको अवस्थामा विश्वभरको सबै काम प्रभावित भयो । यस क्रममा धेरै उत्पादन कम्पनी डुब्ने अवस्थामा पुगे । तर रोचक के छ भने विश्वका कैयौँ उत्पादन कम्पनी डुबेको बेला भारतमा भने कण्डम र आई पिल्सको बिक्री भने कैयौं गुणा बढेको खुलासा भएको छ । डुन्जो एडले गरेको सर्वे अनुसार भारतमा कण्डम र पिल्सको बिक्री बढेको खुलासा भएको हो ।

कोरोनाकालमा लकडाउनको समयमा मानिसहरु घरभित्र रहन बाध्य भए । यस क्रममा भारतमा भने कण्डमको बिक्री अत्यधिक भयो । यसमा अझ रोचक के छ भने मानिसले रातमाभन्दा दिउँसै कण्डमको खरिद बढी गरेको डुन्जो एपले खुलाएको छ । कन्सिअर्ज सर्भिस एप डुन्जोको डेलिवरी ट्रेण्ड्समा यो तथ्यांक बाहिर आएको हो ।

सर्वेको अनुसार डुन्जो एपमा कण्डमको अर्डर रातको तुलनामा दिउँसो बढि हुने गरेको थियो । लकडाउन ताका कण्डमको माग अन्य समयभन्दा तीन गुणा बढि थियो । हैदराबादमा करीब ६ गुणा, चेन्नईमा ५ गुणा र जयपुरमा ४ गुणा बढि भएको थियो । त्यस्तै मुम्बई र बेगलुरूमा रातमा भन्दा दिउँसो कण्डमको अर्डर ३ गुणा बढेको थियो ।

कण्डम मात्र होइन, लकडाउनको समयमा भारतमा गर्भनिरोधक चक्कि आईपिलको समेत माग बढेको थियो । सर्वे अनुसार गर्भनिरोधक चक्किको माग हुने स्थानमा बेगलूरु, पुणे, गुरुग्राम, हैदराबाद र दिल्ली प्रमुख थिए । त्यस्तै प्रेगनेन्सी टेस्ट किट्सको माग जयपुरमा बढि थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]