२९ बैशाख २०८१, शनिबार
11-05-2024 , Sat
×

धनुषाको ढल्केवरमा सबस्टेसन प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

Logo
प्रकाशित सोमबार, माघ १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ माघ।धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ स्थित ढल्केवरमा निर्माण भएको देशकै ठूलो र पहिलो ४ सय केभी ढल्केवर सबस्टेसन प्रधानमन्त्री केपि ओलि शर्माले उद्घाटन गरेको छ। सोमबार ढल्केवरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ बिघा जमिनमा फैलिएको ४००/२२० केभी सबस्टेसनको उद्घाटन गरेका हुन् ।

नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब २ अर्ब २० करोड रुपैयाँकाे लगानीमा निर्माण भएको ४००/२२० केभीको ढल्केवर सबस्टेसन ४ सय केभी प्रणालीमा आधारित सबस्टेसन हो । ४००/२२० केभी ढल्केवर सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९ सय मेगावाट विद्युत्‌लाई प्रसारण गर्न सक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

सबस्टेसन सञ्चालनमा आएसँगै नेपाल र भारतबीचको ढल्केवर–मुजफ्फपुर पहिलो ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत दुई मुलुकबीच करिब १ हजार मेगावाटसम्म विद्युत् आदान–प्रदान गर्न सकिनेछ । हेटौँडा–ढल्केवर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण सकिएपछि करिब २/२ सय मेगावाट विद्युत् ढल्केवर सबस्टेसनबाट हेटौँडा र इनरुवातर्फ पठाउन सकिने उल्लेख बताइएकाे छ ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् गोंगर–खिम्ती–ढल्केवर २२० केभी प्रसारण लाइनमार्फत ढल्केवर सबस्टेसम्म ल्याई मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाउन सकिनेछ ।

हेटौँडा–ढल्केवर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न नभएसम्मका लागि अहिले रहेको १३२ केभी प्रसारण लाइनमार्फत करिब ३ सय मेगावाट विद्युत् पूर्व–पश्चिम पठाउन सकिने व्यवस्था गरिएको छ ।

आन्तरिक खपत गरेर बढी भएको विद्युत्‌लाई सबस्टेसनमार्फत भारत निर्यात गर्न सकिनेछ । जीआईएस प्रविधियुक्त स्वचालित अत्याधुनिक सबस्टेसनलाई भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी बनाइएको प्राधिकरणले जनाएको छ ।

भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट नेपालले पाउने निःशुल्क ऊर्जा पनि यही ढल्केवर सबस्टेसनमा प्राप्त हुनेछ । ४ सय केभी सबस्टेसन निर्माणका लागि २२ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिका सभापति तथा प्रदेश सांसद सतिश कुमार सिंहले स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ मा स्वास्थ्य चौकी भवनको शुक्रबार एक कार्यक्रमबीच सभापति सिंहले शिलान्यास गरेको छ। सिंह सप्तरी निर्वाचन क्षेत्र नं.२(क) जनमत पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् । भवन निर्माणको लागि […]

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो अभियान सञ्चालन गरेको हो । नगरप्रमुख शम्भुलाल श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षलाई शैक्षिक सुधार वर्षको रूपमा कार्यान्वयन गर्न बजेटको प्राथमिकीकरण गरिने तयारी भएको छ । सामुदायिक […]

नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका शुक्रबार बेलुकादेखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले खुला सीमाका कारण बढ्नसक्ने सुरक्षा चुनौतिका कारण नाका […]