२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

प्रेरणा स्टेशनरी एण्ड फेन्सी स्टोर्समा चोरी

Logo
प्रकाशित मंगलबार, माघ २०, २०७७

न्यूजमधेश डेस्क 
जनकपुरधाम ,२० माघ ।धनुषाको विदेह नगरपालिका वडा नम्बर ६ तिनकौरिया चौकमा रहेको प्रेरणा स्टेशनरी एण्ड फेन्सी स्टोर्समा चोरी भएको हो।

चोरी भएको पसल भन्दा ७५ मिटर उत्तर प्रहरी चौकी गिद्धा बेलापट्टीको कार्यलय रहेको छ। पसलमा लगाइएको ताला फोडेर २ लाख भन्दा बढी मूल्य बराबरको सामाग्रीहरु सोमबार राति चोरी भएको प्रेरणा स्टेशनरी एण्ड फेन्सी स्टोर्सका संचालक हलखोरी मण्डलले जनकारी गराएको छ ।

उनका अनुसार फोटोकपी मेसिन , चुरी , फेसवास , वेल्ट , कापी डायरी, फुटबल, बरस्लेट ,पर्स , मोभ, सिकरी, पायल, सेम्फु , बडीलोशनलगाइत सामग्रीहरु चोरी भएको छ ।यो भन्दा अगाडि पनि यस पसलमा चोरी भएको थियो ।

घटनाबारे अनुसन्धान भैरहेको प्रहरी चौकी गिद्धा बेलापट्टीका कार्यालय प्रमुख अरविन्द सिंहले बताए।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]