१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

दूधे बालक बेपत्ता अपहरणको आशङ्का

Logo
प्रकाशित बुधबार, माघ २१, २०७७

न्यूजमधेश डेस्क
सिरहा,२१ माघ। सिरहा नगरपालिका–१ निवासी प्रदीप यादवका दुई वर्षीय छोरा इशान्त मङ्गलबार साँझबाट बेपत्ता भएका छन् ।

आफ्नै घरआँगनमा खेलिरहेका बेला इशान्त अचानक हराएपछि परिवारजनले अपहरण भएको हुनसक्ने आशङ्का गरेको छ ।

घरको बरन्डामा खेलिरहेका बेला आफू घरभित्र खाना पकाउन गएको र त्यही क्रममा अचानक हराएको बालककी आमा सङ्गीता यादवले जानकारी दिनुभयो ।

हराएको छोरालाई सबैतिर खोजी गरे पनि फेला नपरेपछि अपहरण भएको हुनसक्ने उहाँले आशङ्का गर्नुभयो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलले बच्चा हराएको सूचना पाएलगत्तै खोजी कार्य तीव्र पारिएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]