१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

सप्तरीमा दुर्घटनामा चालकको मृत्यु

Logo
प्रकाशित बुधबार, माघ २१, २०७७

न्यूजमधेश डेस्क
राजविराज,२१ माघ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बोलेरोको ठक्करले आज मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हनुमाननगर कंकालिनी–१ भारदहस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिम जाँदै गरेको को १ ज ३१९९ नम्बरको बोलेरो गाडीले दिएको ठक्करले विपरीत दिशातर्फ जाँदै गरेकोे लु २५ प ५७१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङको रङ्गेली नगरपालिका–८ बस्ने धर्मचन्द्र राजवंशीका छोरा ३७ वर्षीय भीमराज रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]