२९ चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

रुपन्देहीका ९ वटा सहकारी ‘मर्ज’ हुँदै

Logo
प्रकाशित शुक्रबार, माघ २३, २०७७

न्यूजमधेश डेस्क
बुटवल ,२३ माघ । रुपन्देहीको तिलोत्तमामा ९ वटा सहकारी संस्थाहरु एकीकरण ९मर्ज० हुने भएका छन् । नगरपालिकाका ५ वटा वडामा सञ्चालित दुई वटा बहुउद्देश्यीय र ७ वटा बचत तथा ऋण सहकारी संस्था एकीकरण हुन थालेका हुन् ।

विभिन्न प्रकृतिका चार हजार बढी सहकारी रहेका लुम्बिनी प्रदेशमा एकैपटक यति धेरै सहकारी संस्थाहरु मर्ज हुन लागेको यो पहिलो हो ।

एकीकरणपछि बन्ने सहकारीका शेयर सदस्य ४ हजार ९००, शेयर पुँजी ८ करोड ९५ लाख रुपैयाँ, बचत ७२ करोड २१ लाख ६३ हजार रुपैयाँ, जगेडा कोष १२ करोड ३७ लाख र अन्य कोष ९८ लाख ६० हजार रुपैयाँ हुने छ ।

नगरभित्र सञ्चालित स(साना सहकारी संस्थाहरुलाई एकीकरण गरी ठूलो र सुदृढ सहकारी बनाउन तिलोत्तमा(५ स्थित समावेशी कल्याण वचत तथा ऋण सहकारी संस्थाले एक वर्षदेखि पहल गरेको थियो ।

एकीकरण हुनेहरुमा वडा नंं १ को आदर्श बहुउद्देश्यीय र वडा नंं ५ को जन्मभूमि बहुउद्देश्यीय तथा वडा नंं १ को लोक कल्याण, वडा नंं ५ को समावेशी कल्याण, वडा नंं ५ कै स्वीकृति र धरति, वडा नंं ६ को दयालु,वडा नंं ९ को नौकट्टी र वडा नंं १२ को आधारभूत बचत तथा ऋण सहकारी संस्था लि।छन् ।

९ वटै सहकारीबीच आउँदो बैसाखदेखि वचत तथा ऋण सहकारी संस्थाका रुपमा एकीकृत कारोबार सुरु गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

एकीकरणपछि सहकारीले आफ्नो कार्यक्षेत्र तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र बुटवल उपमहानगरपालिकासम्म विस्तार गर्ने जनाएको छ ।

एकीकरण अभियानका संयोजक भरत भुसालले आउँदो वैशाख १ गते एकीकृत कारोबार सुरु गर्ने लक्ष्यअनुसार एकीकरण प्रकृया अघि बढेको बताए ।

कार्यदलले सम्पूर्ण प्रकृया पूरा गरी एक महिनाभित्रै एकीकरण कार्यको कानुनी प्रकृया सुरु गर्ने भुसालले बताए ।

एकीकरण गर्दा सबै सहकारीमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गरिने र साविकका सहकारी संस्थाका कार्यालयलाई सेवा केन्द्रका रुपमा सञ्चालन गरिने सहमति भएको भुसालले बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सहकारी शाखा प्रमुख ज्ञानहरी पन्थीका अनुसार एकैपटक ९ वटा सहकारीबीच एकीकरण प्रदेशमै पहिलो उदाहरण हो ।

सहकारीहरुबीच एकीकरणलाई सरकारले पनि प्राथमिकता दिएको उल्लेख गर्दै पन्थीले यो एकीकरणले लुम्बिनी प्रदेशमात्र नभइ देशभर सकारात्मक सन्देश दिने बताए ।

लुम्बिनी प्रदेशमा एकीकरण अभियान उत्साहजनक रहेको र प्रदेश स्तरका सहकारी संस्था ६ सय ८० वटा रहेका पन्थीले बताए ।

सहकारी संस्थाको दीगो विकास र सुदृढिकरण, आर्थिक सुशासनका लागि पनि एकीकरण आवश्यक रहेको लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपाल बताउँछन् ।

एकीकरण अभियानलाई निरन्तरता दिदै संस्थालाई आउँदो पाँच वर्षभित्र प्रदेशकै अग्रणी सहकारी बनाउने लक्ष्य रहेको एकीकरण अभियानका अगुवा रामचन्द्र पाण्डेले बताए ।

लुम्बिनी प्रदेशमा सहकारी शेयर सदस्य संख्या ९ लाख ६७ हजार २२३ छ । यो संख्या नेपालभरका सदस्यहरुको कूल संख्याको १५।३ प्रतिशत हो ।

शेयर लगानी र निक्षेप परिचालनका हिसाबले नेपालको क्रमशः ८।२ प्रतिशत र ८।७ प्रतिशत हिस्सा लुम्बिनी प्रदेशका सहकारीले ओगटेका छन् । ऋण लगानीमा ११।२ प्रतिशत हिस्सा देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]