०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

पाँच केजी गाँजासहित तीन जना पक्राउ

Logo
प्रकाशित शनिबार, माघ २४, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,२४ माघ । मोरङ घर भएकी २२ वर्षीया सपना राजबंशीलाई करिब पाँच केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

कागेश्‍वरी मनोहरा नगरपालिका ८ शिवचोक डेरा गरी बस्‍ने उनलाई पाँच केजी गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

उनको कोठामा लागुऔषध लुकाई राखेको भन्‍ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

घटनामा संलग्‍न फरार सिन्धुपाल्चोक मेलम्ची घर भएका २६ वर्षीय ईश्वर आचार्यको प्रहरीले खोजी गरिरहेको छ ।

यसैबीच पर्साको बहुदरमाई नगरपालिका(७ बिश्रामपुर बस्‍ने ६० वर्षीय मसलिम देवानलाई नौ केजी दुई सय ग्राम लागुऔषध चरेस, तीन थान चरेस बनाउन प्रयोग हुने मेसिन र नौ सय २० ग्राम केमिकलसहित प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा लागुऔषध लुकाई राखेको भन्‍ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी वीरगंज महानगरपालिका(२५ सिर्सियाबाट दुई केजी पाँच सय ग्राम गाँजासहित भारत बिहार जमुईग्राम मोहनपुर बस्‍ने २० वर्षीय राकेश सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी छप्कैयाबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]