१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

पाँच केजी गाँजासहित तीन जना पक्राउ

Logo
प्रकाशित शनिबार, माघ २४, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,२४ माघ । मोरङ घर भएकी २२ वर्षीया सपना राजबंशीलाई करिब पाँच केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

कागेश्‍वरी मनोहरा नगरपालिका ८ शिवचोक डेरा गरी बस्‍ने उनलाई पाँच केजी गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

उनको कोठामा लागुऔषध लुकाई राखेको भन्‍ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

घटनामा संलग्‍न फरार सिन्धुपाल्चोक मेलम्ची घर भएका २६ वर्षीय ईश्वर आचार्यको प्रहरीले खोजी गरिरहेको छ ।

यसैबीच पर्साको बहुदरमाई नगरपालिका(७ बिश्रामपुर बस्‍ने ६० वर्षीय मसलिम देवानलाई नौ केजी दुई सय ग्राम लागुऔषध चरेस, तीन थान चरेस बनाउन प्रयोग हुने मेसिन र नौ सय २० ग्राम केमिकलसहित प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा लागुऔषध लुकाई राखेको भन्‍ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी वीरगंज महानगरपालिका(२५ सिर्सियाबाट दुई केजी पाँच सय ग्राम गाँजासहित भारत बिहार जमुईग्राम मोहनपुर बस्‍ने २० वर्षीय राकेश सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी छप्कैयाबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]